शीतलनिवासमाथि विमान उडाउन नपाइने, थपिए दुई रुट

काठमाडौ‌‌‌ : काठमाडौँ उपत्यकाको सुरक्षा संवेदनशीलतालाई विचार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट बाहिरिने र भित्रिने हेलिकोप्टर उडानका लागि ‘हेली लेन’ कार्यान्वयनमा ल्याएको छ। ‘हेली लेन’ कार्यान्वयनसँगै राष्ट्रपति भवन र भक्तपुर गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलमाथिबाट हेलिकोप्टर उडान गर्न पाइने छैन भने तोकिएको उचाईमा मात्र हवाइजहाजको उडान गर्न पाइने छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै यी दुई स्थानलाई नयाँ ‘हेली लेन’ भित्र समावेश गरिएको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले राष्ट्रपति भवन र भक्तपुरको गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारणको माथिबाट हेलिकोप्टर उडान नगर्ने गरी ‘हेली लेन’…

पुरा पढ्नुहोस

विमान अपहरण प्रयास विफल पारेको बङ्गलादेशी अधिकारीको दावी

ढाका, बङ्गलादेश- बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् । आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ । बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आइएसपिआर) का अधिकारीका अनुसार बिजी १४७ नम्बरको दुबईका लागि भएको बोइङ ७३७ विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, छट्टोग्राममा आकस्मिक अवतरण गराइएको छ । ढाकाबाट दुबईका लागि उडेको करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः४० मा अवतरण…

पुरा पढ्नुहोस