आँचल र आकाशको अभिनित फिल्म ‘ब्ल्याक’ युट्युबमा सार्वजनिक (भिडियो)

काठमाडौँ। चलचित्र ब्ल्याकु युट्युबमा सार्वजनिक भएको छ। फिल्ममा पछिल्लो समयकी चर्चित नायिका आँचल शर्मा र नायक आकाश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रमा आकाश र आँचल बीचको प्रेममा आउने उतारचढावलाई देखाउन खोजिएको छ । प्रदिप श्रेष्ठको निर्देशन रहेको चलचित्रले डार्क प्रेम कथा विषयको रुपमा उठाएको छ । फिल्ममा आकाश र आँचलका अलवा शुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिय रिजाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई रामशरण उप्रेतीले खिचेका हुन् भने अर्जुन जिसिले सम्पादन गरेका हुन्। चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।

पुरा पढ्नुहोस

अनमोल केसीको ‘क्याप्टेन’ र आशिरमान देशराजको ‘द ब्रेकअप’ प्रदर्शनमा, कस्तो छ ब्यापार ?

काठमाडौं । हरेक शुक्रबार जस्तै आज पनि नेपाली चलचित्र क्षेत्रमा दुईवटा चलचित्र प्रदर्शनमा आएका छन् । लोकप्रिय अभिनेता अनमोल केसीको ‘क्याप्टेन’ र अर्का अभिनेता आशिरमान देशराज जोशीको ‘द ब्रेकअप’ प्रदर्शजनमा आएको हो । शुक्रबारको पहिलो शोले दुवै चलचित्रले राम्रो दर्शक पाएको छ । क्याप्टेनमा लोकप्रिय अभिनेता अनमोल रहेका छन् भने ‘द ब्रेकअप’मा भने दर्शकले रुचाएका निर्देशक हेमराज बीसीको निर्देशन रहेको छ । जस कारण दुवै चलचित्रले दर्शक राम्रो पाउने आशा निर्माण टिमहरुले गरेका छन् । दुवै चलचित्रमा ठूला ब्यानरका मानिन्छन् । दुवै चलचित्र एक अर्काको प्रतिस्पर्धामा भन्दा पनि आफ्नो कथा…

पुरा पढ्नुहोस

घरमै लगाउँछन् विद्युतीय हाजिर

  कालिकोट : कालिकोटको पचालझरना गाँउपालिका तिखाती-९ को कर्णाली आधारभूत विद्यालयका प्रधानाध्यापक बिरेन्द्रबहादुर शाहीले घरमै ल्याएर हाजिर गर्ने गरेका छन्। सोमबार सोही विद्यालयका शिक्षक अमर तिरुवाले प्रधानाध्यापक शाहीको हाजिर लगाउन उनको घरतिर लाँदै गरेको बायोमेट्कि हाजिर बाटोमा स्थानीय युवाहरुले फेला पारेपछि घरमै विद्युतीय हाजिर लगाउने गरेको खुलासा भएको हो। स्थानीय देवेन्द्र शाही र पवित्र शाहीले विद्युतीय हाजिर बाटोबाटै जफत गरेर वडा अध्यक्ष जोरे तिरुवालाई बुझाएका छन्। शिक्षकलाई विद्यालयमा नियमित बनाउन गाँउपालिकाले हरेक विद्यालयमा अनिवार्य विद्युतीय हाजिर प्रणाली लागु गरे पनि शिक्षकहरुले यसमा अनियमितता गर्ने गरेको स्थानीय देवेन्द्र शाहीले बताए। उनले घरमै…

पुरा पढ्नुहोस

इमरानले भने- शान्तिको संकेतस्वरूप भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिन्छौं

फाइल तस्बिर। पाकिस्तानी प्रधानमन्त्री इमरान खान शान्तिको संकेत स्वरूप पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिने बताएका छन्। पाकिस्तानको डन समाचार पत्रका अनुसार बिहीबार संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानको नियन्त्रणमा रहेका  भारतीय वायु सेनाका चालक  अभिनन्दन  वर्थामानलाई शुक्रबार भारतलाई बुझाइदिने जानकारी दिएका हुन्। यसअघि बुधबार नयाँ दिल्लीस्थिति पाकिस्तानका कार्यवाहक राजदूतलाई भारतले ती चालकलाई रिहा गर्न माग गरेको थियो। पछि हट्दै भारत– पाकिस्तान! पाकिस्तानको यो कदमसँगै दुई दिन यता चुलिएको भारत-पाक तनाव विस्तारै मत्थर हुने अपेक्षा गरिएको छ। बुधबार विवादीत कस्मिरमा भारतीय वायु सेनाको जहाज…

पुरा पढ्नुहोस

राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आज टुँडिखेल आई हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छिन्। सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गरेका थिए। मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि उनीहरुको शव आज बिहान टुँडिखेलमा राखिएकोे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। त्यसैगरि नेकपाका अध्यक्ष प्रचण्डले पनि श्रद्धाञ्जली दिएका छन्। प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका…

पुरा पढ्नुहोस

विश्व वरीयतामा सुधार गर्दै पारस खडका ३८ औँ स्थानमा, अरु कति नम्बरमा परे ?

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा सुधार गरेका छन् । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–२० को नयाँ वरीयताको अलराउण्डरतर्फ कप्तान पारस खड्काले दुई स्थान सुधार गरेका छन् । अघिल्लो महिना ४०औं स्थानमा रहेका कप्तान पारस यसपटक ३८औं स्थानमा उक्लन सफल भएका छन् । कप्तान पारसले भारतका रोहित शर्मा, इंग्ल्यान्डका जोइ रुट, मोइन अली, बेन स्टोक्स जस्ता खेलाडीलाई पछि पारेका छन् । ब्याटिङतर्फ पारस ९२औं स्थानमा छन् । त्यस्तै अलराउण्डरतर्फ सोमपाल कामी ५० औं स्थानमा रहेका छन् । उनी यसअघि ५१ औं…

पुरा पढ्नुहोस

फेसबुकबाट सबैभन्दा बढी साइबर अपराध, त्यसपछि म्याजेन्जर, युट्युब…

काठमाडौं । सइबर अपराधमा सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग सबै भन्दा बढी हुने गरेको छ। फेसबुकपछि म्यासेन्जर, वेबपेज ग्रुप तथा अनलाइन, युट्युब, भाइबर, ट्विटर र इमो छन्।प्रहरी प्रधान कार्यालकाअनुसार यो आर्थिक वर्ष सुरु भएको साउन महिनायता फेसबुकबाट ८५२ वटा साइबर अपराधका घटना भएका छन्। ती मध्ये १७ वटा घटनामा संलग्न अभियुक्तविरुद्ध कानुनी कारबही भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमकुमार सुवेदी फेसबुमा नियोजित ढंगले दुरुपयोग बढी हुने गरेकोले साइबर अपराध बढेको बताउछन्। अपवाद तथा भूलतावस भन्दा पनि नक्कली परिचय खुलाएर अपराध गर्ने क्रम बढ्दो छ। केन्द्रीय अनुसन्धान ब्यूरो र…

पुरा पढ्नुहोस

स्व अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि

काठमाडौँ, – राष्ट्रपति विद्यादेवी भण्डारी आज टुँडिखेल आउनु भई हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो । सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि उहाँहरुको शव आज बिहान टुँडिखेलमा राखिएकोे छ ।

पुरा पढ्नुहोस

व्यवसाय विस्तारकै क्रममा अस्ताए पर्यटन क्षेत्रका हस्ती

निमराज बुढाथाेकि काठमाण्डाै – ५८ वर्षअघि सोलुखुम्बुको जुभिङमा जन्मिएका आङ छिरिङ शेर्पा पर्यटन व्यवसायमा आफ्नो ‘साम्राज्य’ फैलाउन सफल व्यवसायी हुनुहुन्थ्यो । उहाँको थामसेर्कु ट्रेकिङ कम्पनी पर्यटनको क्षेत्रमा अग्रणी कम्पनी हो । उहाँले पर्यटन व्यवसायको क्षेत्रका हवाइजहाज, हेलिकप्टर, ठूला होटल÷रिसोर्टदेखि लिएर बिभिन्न कम्पनीहरु देशैभर फैलाउनुभएको थियो । जुभिङको अति विकट पाङगोम गाउँबाट भरिया बन्न काठमाण्डौ आएका शेर्पा चार दशकमा पर्यटन व्यवसायमा यस्तो ‘साम्राज्य’ फैलाए कि, देख्ने र सुन्नेहरु जो कोही चकित हुन्छन् । उहाँको पारिवारिक वातावारण नै व्यवसायमैत्री थियो । आफ्नै दिदीको ट्रेकिङ कम्पनीबाट भरिया काम शुरु गरेका आङ छिरिङका जेठा दाजुको…

पुरा पढ्नुहोस

हेलिकप्टर दुर्घटना : टुँडिखेलमा श्रद्धाञ्जली सुरु

काठमाण्डौ – ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीको लागि काठमाण्डौको टुँडिखेलमा राखिएको छ । राति अबेरमात्र पोष्टमार्टमको काम सकिएपछि बिहान ८ बजेपछि मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलीको लागि टुंडिखेलमा राखिएको हो । श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत…

पुरा पढ्नुहोस