दिमागमा चिप लगाएर बढाउन सकिन्छ सम्झने क्षमता

      काठमाडौं । छिटै नै मानिसको सोच्ने र सम्झने क्षमता पनि बढाउन सकिने भएको छ । अमेरिकी वैज्ञानिकहरु अहिले त्यसका लागि काम गरिरहेका छन् । जसलाई मानिसको मस्तिष्कमा इंप्लान्ट गर्न सकिनेछ । उक्त स्मार्ट चिपले मस्तिष्कमा कम्प्युटरले जस्तै काम गर्नेछ । यसलाई नर्थवेस्टर्न युनिभर्सिटीका न्यूरोसाइन्टिस्ट मोरन सेर्फले तयार गरिरहेका छन् । उनको लक्ष्य मानिसको सोच्ने र सम्झिने क्षमता बढाउनु थियो । मोरानले चिप बनाउने योजना त्यतिबेला ल्याएका थिए, जतिबेला एलन मस्कले मस्तिष्क कम्प्युटर ल्याउने योजना ल्याएका थिए । उनले मस्तिष्कमा राखिएको चिप इन्टरनेटसँग जोडिएको हुन्छ र सोधिएको प्रश्नको…

पुरा पढ्नुहोस

टीकापुर घटना : के भन्छन् आज रिहा हुनेहरु ?

कैलाली – साढे तीन वर्ष पहिले घटेको टीकापुर घटनाका अभियुक्त लक्ष्मण थारुसहित ११ जना बुधबार जेलमुक्त भएका छन् । जिल्ला अदालत कैलालीले बुधबार सुनाएको फैसलाले १२ जनालाई तीन वर्ष जेल सजाय सुनाएको थियो । तर, कैद भुक्तान भैसकेकोले उनीहरुलाई आज नै जेल मुक्त गरिएको हो । अदालतले उनीहरुलाई जेलबाट मुक्त हुने भनेपछि उनका आफन्त र परिवारका सदस्यहरु कैलाली कारागारको अगाडि जम्मा भएका थिए । उनीहरु तीन वर्षदेखि जेलमा कैद रहेका आफ्ने परिवारका सदस्यलाई स्वागत गर्न आतुर देखिन्थे । तीन वर्ष जेल सजाय काटेर रिहा हुन लागेका किशनलाल चौधरीका दाइले भन्नुभयो, ‘तीन…

पुरा पढ्नुहोस

चौधरीको सम्पत्ति १ अर्ब ७० करोड डलर

  फोर्ब्समा सूचीकृत नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति ६ वर्षको अवधिमा ७० करोड डलर बढेर एक अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ। फोर्ब्सले सार्वजनिक गरेको सन् २०१९ मा विश्वका धनाढ्यको सम्पत्ति विवरणअनुसार चौधरीको सम्पत्ति गत वर्षको तुलनामा २० करोड डलर बढेको छ। विश्वका धनाढ्यमध्ये उनी १३४९औं नम्बरमा परेका छन्। चाउचाउ उद्योगलाई भारतमा तीव्र विस्तार गरेका चौधरीले सर्बियामा फुटप्रिन्ट विस्तार गरेका छन्। उनले पछिल्ला वर्षमा होटल तथा आतिथ्य सत्कार व्यवसायमा लगानी बढाएका छन्। नेपालबाहेक भारत, चीन,  श्रीलंका, युरोप, अमेरिका तथा मध्यपूर्वी देशमा समेत लगानी विस्तार गरेका चौधरीले जलविद्युत्…

पुरा पढ्नुहोस

सांसद चौधरीलाई जन्मकैदको फैसला गर्ने अदालतले प्रचण्ड, ओलीलाई किन जन्मकैदको सजाय नदिएको ?’

राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन्। पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उनले त्यसविरूद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरू गर्ने घोषणा गरे। ‘जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गर्न मिल्छ ? यो सरासर अन्याय, अत्याचार  र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय…

पुरा पढ्नुहोस

निसाना छापमा कालापानी गायब

फागुन २३, काठमाडौँ । नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ । सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै कालापानी गायब छ । भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मोनता टिठलाग्दो देखिएका बेला नक्साबाटै पनि कालापानी गायब गरिएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । नेपालको सुदूरपश्चिम प्रदेशस्थित दार्चुलामा अवस्थित कालापानी नदीको पश्चिममा भारतको उत्तराखण्ड राज्य पर्दछ । भारतले मिचेपछि विवादित बनेको कालापानीमा आफ्नो अधिकार खोज्नेतर्फ समेत नेपाल सरकारले चासो दिएको छैन । यस्तो अवस्थामा सूचना तथा सञ्चार मन्त्रालयको प्रमाणीकरण नियन्त्रकको कार्यालयकै वेबसाइटको निसाना छापमा…

पुरा पढ्नुहोस