वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बिस्फोटपछि आगलागी

फागुन २४, काठमाडौं । राजधानीको बसुन्धरास्थित नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरूङको घरको आगलागी भएको छ । शुक्रबार साँझ आगलागीबाट तीन तले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको उनको ल्याण्ड क्रुजर गाडी पनि जलेको छ । आगलागी कसरी भयो भन्ने विषय भने एकिन भइसकेको छैन । घटनास्थलमा पुगेको प्रहरीले ग्यास सिलिन्डर बिस्फोट भएर आगलागी भएको हुनसक्ने बताएको छ । टोलभरि सुनिने गरी ठूलो आवाजमा बिस्फोट भएकाले बम हो कि ग्यास हो भन्ने एकिन नभएको प्रहरीले जनाएको छ । बिस्फोटबाट गुरूङको घरमा रहेको सटर भाडा लिएर…

पुरा पढ्नुहोस

कर्णाली नेपालकै धनी

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश नेपालकै धनि प्रदेश भएको दाबी गरेका छन् । उनले कर्णालीका प्राकृतीक तथा अर्गानीक बस्तु भएको भन्दै अन्य प्रदेशभन्दा कर्णाली धनि भएको बताए । सल्यान खलंगामा चलेको प्रथम कर्णाली प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले संघिय कानुन सँगै आफुहरुले खेलकुदमा प्रदेशको कानुन पनि बनाउने बताएका हुन् । उनले त्यसको लागी सबै कानुन तयार बनाएर संघिय सरकारमा पेस गरेको बताएका छन् । उनले अब प्रदेश सरकारले खेलकुदको आफ्नै कानुन बनाउने बताए। छिटै प्रदेश सभाबाट पनि उक्त कानुनको पास…

पुरा पढ्नुहोस

रेड हट बर्षा

नायिका बर्षा सिवाकोटी पछिल्लो समय फेसनमा पनि विशेष ध्यान दिन थालेकी छिन् । जीम जान थालेकी बर्षा शारीरिक रुपमा फिट देखिएपछि पहिरनमा विशेष सजग छिन् । उनै बर्षाले अनलाइनखबरको ‘ओके र्यापिड फायर’मा प्रश्नको जवाफ दिदै केही कुराहरु खोलेकी छिन् । बर्षालाई सोधिएका प्रश्न र उनको जवाफ यस्तो छ: १.पल शाह कि जीवन लुइटेल ? पल शाह २. प्रियंका कार्की कि स्वस्तिमा खड्का प्रियंका कार्की ३. विकासराज आचार्य कि मिलन चाम्स विकासराज आचार्य ४. फ्राइड राइस कि विरयानी ? विरयानी ५. राम्री बर्षा कि असल बर्षा ? असल बर्षा । म…

पुरा पढ्नुहोस

पानीजहाज चाँडै नआउने, कालुघाट-साहेबगन्ज टर्मिनल सिफारिस, गण्डक र कोसीमा अब अध्ययन

गन्डक बराज । तस्बिरः मनोज सत्याल गण्डक बाँध (ब्यारेज) हुँदै पानीजहाजबाट सामान ओसारपसार गर्न भारतले गंगा नदीमा विकास गरिरहेको साहेबगन्ज र कालुघाट टर्मिनल प्रयोग गर्नेबारे सहमति भएको छ। नेपालले हल्दिया बन्दरगाहमा आउने सामान साहेबगन्ज टर्मिनल प्रयोग गरेर विराटनगरमा ओसारपसार गर्न सक्छ भने वीरगन्जका लागि कालुघाट टर्मिनल प्रयोग गर्न सक्छ। नेपाल र भारतका अधिकारीहरूबीच शुक्रबार भएको बैठकले सन् १९९९ को द्विदेशीय पारवहन सन्धि संशोधन गरी साहेबगन्ज र कालुघाट टर्मिनल हुँदै तीनवटा रुट तत्काल सिफारिस गर्ने सहमति गरेको हो। ती तीन रूटमा साहेबगन्ज-मरीहरी-जोगबनी/विराटनगर, साहेबगन्ज-भागलपुर-जोगबनी/विराटनगर र कालुघाट-रक्सौल छन्। साहेबगन्ज विराटनगरबाट १ सय ५० किलोमिटर दक्षिणमा पर्छ…

पुरा पढ्नुहोस

सिके राउतमा असाधारण निर्णय क्षमता रहेछः प्रधानमन्त्री ओली

      काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएका सिके राउतमा असाधारण निर्णय क्षमता भएको भन्दै प्रशंशा गरेका छन्। राष्ट्रिय सभागृहमा जारी राजनीतिक समझदारी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राउतमा असाधारण क्षमता रहेको बताए। ‘यस्तो असाधारण क्षमता मैले प्रचण्डजीमा मात्रै देखेको छु,’ उनले भने, ‘यस्ता निर्णयहरु सामान्य मुटु र सामान्य हृदय भएको मान्छेले गर्नै सक्दैन।’ साथै प्रधानमन्त्री ओलीले सिके राउतले हालसम्म अंगालेको शान्तिपूर्ण आन्दोलनको प्रशंशा गरे। ‘शान्तिपूर्ण पाटो निकै प्रशंशा योग्य छ,’ उनलेभ भने, ‘पृथकतावादका विषयमा आम रुपमा असहमति हो।’ प्रधानमन्त्री ओलीले आजैदेखि पृथकतावादी आन्दोलन…

पुरा पढ्नुहोस

  काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं अर्बपति विनोद चौधरीले नेपाली युवालाई हीनताबोध त्यागेर सिर्जनशील काममा जुट्न आह्वान गरेका छन् । केही गर्ने नयाँ सोंच र त्यसलाई पछयाउने धैर्यता राख्ने हो भने सफलता आफ्नो वशमा पर्ने उनले बताए । पूर्वी नवलपरासीको गैंडाकोटमा विहिबार नेपाल जेसिसद्वारा आयोजित युथ कन्फ्रेन्स फर इन्टरप्रेनरसिप कार्यक्रममा बेल्दै अर्बपति चौधरीले युवाहरुलाई उद्यशिलतामा जुट्न अभिप्रेरित गरेका हुन् ।  “विश्वका टप १०० अर्बपतिमध्ये ७३ जना अर्बपति ‘सेल्फ मेड’ हुन्,” उनले भने,“उनीहमध्येका ३६ जना गरिव परिवारमा जन्मिएका थिए । १८ जनासँग कलेजको डिग्रि छैन । उनीहरुमध्येका केहीले बाल्यकालमा अभिभावक गुमाएका…

पुरा पढ्नुहोस

दाङको साहित्य बजार प्रियासनको कव्जामा

दाङ फागुन २४ । उपन्यासकार तथा पत्रकार सविन प्रियासनले यसवर्ष तीनवटा उपन्यास प्रकाशन गरेपछि साहित्य बजार एकछत्र कव्जा गरेका छन् । प्रियासनले पछिल्लो पटक प्रकाशन गरेको ब्रेकअप डायरी उपन्यास यतिबेला दङाली पाठकहरुले अत्यधिक रुचाएपछि धमाधम बिक्री भइरहेको छ । जनता बुक स्टलमा पहिलो लट बिक्री भएर दोस्रो लट पनि सकिने अवस्थामा पुगेको जनता बुकका सञ्चालक रामभक्त गुप्ताले जानकारी दिनुभयो । प्रियासनले यसैवर्ष निकालेको लक्कीचार्म र सेल्फी पनि दाङमा सबै भन्दा बढि बिक्री हुने उपन्यासमा पर्छन् । युवा पुस्ताहरुलाई लक्षित गरेर निकालिएको ब्रेकअप डायरी शव्दचयन, कथावस्तु अनि प्रस्तुतीका हिसाबले पनि उत्कृष्ट भएकाले…

पुरा पढ्नुहोस

शुरक्षा स्थिति चिन्ताजनक युद्धको झझल्को, त्रासमा जनता

रोल्पा, फागुन २४ । बितेका तीन दिन रोल्पावासीका जनजीवन निकै त्रासदीमय भयो । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दश वर्षे सशस्त्र युद्धको झल्को दिलायो । बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड प्रयासबाट शुरु भएको घटनाले बिहीबार रातिसम्म निरन्तरता पायो । तोडफोडबाट गाउँपालिकाका अध्यक्ष वलीले प्रयोग गर्दै आएका बा२झ ३६५२ नं जिपको सिसा फुटेको छ । बुधबार राति गङ्गादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले प्रयोग गर्दै आएको भाडाको जिपमासमेत अज्ञात समूहले आगजनी ग-यो । आगजनीबाट उहाँले प्रयोग…

पुरा पढ्नुहोस

गण्डक बाँधबाट कसरी आउँछ पानीजहाज?

ललितपुर, एकान्तकुनामा फागुन २ गते पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले भने, ‘आवश्यक परे पुल उचालेरै भए पनि पानीजहाज ल्याउँछौं। आजकाल प्रविधिले त्यस्तो विकल्प ल्याइसक्यो।’ नारायणी नदीमा नेपाल-भारत सीमामा गण्डक बराज (बाँध) छ। त्यो बराजमा पानी थुन्ने ३६ वटा ढोका छन्। बराज नाघेर पानीजहाज कसरी नेपाल आउँछ भन्ने जिज्ञासा आममानिसमा छ। सायद त्यही जिज्ञासा मेट्न प्रधानमन्त्री ओलीले त्यसो भनेका हुन्। यो त्यति ठूलो प्राविधिक प्रश्न हैन। पानीजहाजसँग जोडिएका महत्वपूर्ण प्राविधिक प्रश्न अरू नै छन्। योसँग जोडिएको पर्यावरणीय प्रश्न पनि कम महत्वपूर्ण छैन। पहिले गण्डक बराजबाट ‘भीमकाय’ मालवाहक पानीजहाज कसरी…

पुरा पढ्नुहोस

अत्याधुनिक प्रविधिको पसल शुभलक्ष्मी आइटी

घोराही । सिसि टिभि क्यामेरा, हाजीरी मेसिन वा अटोमेटीक डोर लक पच्छिल्ला सबै प्रविधि शुभलक्ष्मी आईटी मेनरोड घोराहीमा उपलब्ध हुने भएका छन् । सेक्युरीटीका सामान, ग्याजेट्सहरु र अपडेटेड ग्याजेट्सका मोवाईल राखिएको प्रोप्राइटर उमेश राजभण्डारीले जानकारी दिनुभयो । हजुर बुवा गंगाप्रसाद राजभण्डारी द्धारा विधिवत् उद्घाटन गराएर भिंग्रेली परिवारका उमेशले भर्खरै पसलको सुरुवात गर्नुभएको छ । उहाँका अनुसार कम्प्युटर, ल्यापट, नेटवर्किङका सामान, विजुली वत्तिका सामान लगाएत प्रविधिका सबै किसिमका सामान उपलब्ध छन् । हिक्भीजन कम्पनीको चाईनीज ब्राण्ड सिसि टिभि क्यामेराको आधिकारी विक्रेता हो । मोवाईल, क्यमेरा लगाएत सबै प्रविधिको विक्रि तथा मरमत…

पुरा पढ्नुहोस