बलात्कारको आरोप लागेका महरालाई गिरफ्तारीको माग गर्दै राजधानीमा प्रदर्शन

काठमाडौँ असोज १४- सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई तत्काल गिरफ्तार गरी कानूनी कार्बाही प्रक्रिया अगाडि बढाउन माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । आरोपित महराले राजीनामा दिइसक्दा पनि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि नबढाएको भन्दै प्लेकार्ड सहित प्रदर्शन भएको छ । प्रदर्शनमा निस्किएकाहरुले तत्काल महरालाई पक्राउको माग गरेका छन् । किटानी जाहेरी नपरेको भन्दै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छैन । संसद सचिवालयका एक महिला कर्मचारीले आफूमाथि महराले बलात्कारको प्रयास गरेको आरोप लगाएकी छन् । ती महिलाको आरोप पछि महराले मंगलबार दिउँसो सभामुख पदबाट राजीनामा दिएका छन् । महिला, सुरक्षा…

पुरा पढ्नुहोस

महराको शर्तको अर्थ छैन, सभामुख पद रिक्त भयो !

१४ असोज, काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले भनेका छन्, ‘आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान सहज जोस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’ महराले उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरिएको छ । सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ले महराको राजीनामा शर्तसहितको भएको जिकिर गरेका छन् । राजीनामा पत्रको व्यहोराबारे प्रश्न उठेपछि मल्लले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुसी हुनुपर्ने जरुरी छैन । सबै…

पुरा पढ्नुहोस

सल्यानमा रोकिराखेको टिपर चल्दा १ महिलाको मृत्यु, ३ जना घाइते

दियो अनलाइन १४ असोज, सल्यान सल्यानमा सडक कालोपत्रे गर्न रोकिराखेको टिपर चल्दा १ महिलाको मृत्युु भएको छ भने ३ जना घाइते भएका छन् । शारदा नगरपालिकाको कार्यालय नजिकै खलंगा–सुर्खेत सडकको कालोपत्रेको लागि बालुवा ओसारपसार गर्ने बा ३ क २३६५ नम्बरको टिपर आज दिउसो १ बजे तिर दुर्घटना हुँदा शानपा ८ मार्केकी ४५ वर्षिया रामकली विकको घटनास्थलमै मृत्युु भएको हो । घाईते हुनेमा उक्त सडकको काम गर्ने सन्तोषी सेवा निर्माणका कामदारहरु ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु, र शेषनाथ कुमाल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनिहरुको जिल्ला अस्पताल…

पुरा पढ्नुहोस