साइको समाज !

पछिल्लो घटनाक्रमले प्रमाणित गरिदिएको छ कि, नेपाली समाजको ‘मानसिक सन्तुलन’ नै बिग्रिएको छ । कुनै तथ्य र प्रमाणका आधारमा होइन, व्यक्तिगत आग्रह–पूर्वाग्रहका आधारमा मानिस बहकिएका छन् । परिणामतः समाज नै खल्बलिएको छ । यसका थुप्रै दृष्टान्त छन् । सबै उल्लेख गरेर विषयलाई अतिभद्दा बनाउन जरुरी छैन । सुरुमा पछिल्ला दिन चर्चाको चुचुरोमा रहेको ‘महरा प्रकरण’बारे कुरा गरौं । महाराले रोशनीलाई बलात्कार गरेकै हुन् त ? संसद सचिवालयमा कार्यरत रोशनी शाहीले भावुक हुँदै एउटा अनलाइन मिडियासँग भनिन्, ‘मलाई सभामुख कृष्णबहादुर महराले बलात्कार गरे ।’ उनले भनेको कुरा क्षणभरमा भाइरल भयो ।…

पुरा पढ्नुहोस

रोशनी शाहीको सुरक्षामा एक असई र प्रहरी खटाइयो

कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई प्रहरीले सुरक्षा दिएको छ।शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको प्रहरी स्रोतले जानकारी दियो।उनीमाथि निगरानी राख्न र भवितव्य केही पनि नहोस् भनेर सुरक्षा दिन परेको प्रहरीले बताएको छ।प्रहरीका अनुसार ती महिलाले एक वर्षअघि विष सेवन गरेकी थिइन्। सात दिनसम्म आइसियुमा बसेर निको भएपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ। रोशनी शाहीले पनि बिहान ७ बजेबाट प्रहरी आएर आफ्नो निगरानी गरेको फेसबुक स्टाटस लेखेर जानकारी दिइकी छन्। उच्च प्रहरी स्रोतका अनुसार प्रहरीको एक टोली आज…

पुरा पढ्नुहोस

महरालाई महिलाको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’

राजीनामा दिएका सभासद कृष्णबहादुर महरा र पीडित भनिएकी महिला रोशनी शाहीबीचको भाइबर म्यासेजको केही सन्देश सार्वजनिक भएको छ । हाम्रा कुरा डटकम अनलाइनले रोशनी शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश सार्वजनिक गरेको छ । ७ मिनेट लामो भिडियो कुराकानीमा महरा र रोशनीबीच भएको सम्वादको कुरालाई निरन्तरता दिइएको छ । एम सर वान (महरा सर १ हुनसक्ने) नाममा सेभ गरिएको भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफीसमेत मागेका छन् । उनले म्यासेजमा लेखेका छन्, फर्गेट एस्टर्डे । आइतबार साँझ घटना भएपछि सोमबार बिहान ८ बजेर ८ मिनेटमा महराले महिलालाई म्यासेज गर्दै फर्गेट एस्टर्डे…

पुरा पढ्नुहोस

बन्दुक समाएको फोटो राख्दै महराका २ छोराले लेखे, ‘क्रान्तिकारीसँग फेरि भेट हुनेछ’

रातोपाटी संवाददाता यौन अपराधको विवादमा परेपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् । मंगलबार राती साँढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ कुरा उल्लेख गरेका छन् । उनीहरुले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन् । हेर्नुहोस्, निर्मल महराको स्टाटस । उनीहरुको स्टाटसमा लेखिएको छ: ‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना…

पुरा पढ्नुहोस