रोशनी शाही र उनका पति चित्रजंगबीच डिभोर्स गर्ने लिखित सहमति

निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई आफूमाथि बलात्कारको आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद गर्ने लिखित सहमति भएको छ। चित्रजंगले सम्बन्ध बिच्छेद गर्ने लिखित सहमति पत्र आफ्नो फेसबुकमा सेयर गरेका छन्। योसँगै उनीहरूको सम्बन्धबिच्छेद गर्ने कानुनी प्रक्रिया पनि अघि बढेको छ। ‘प्रिय जनहरू, थुप्रै उतारचढावका बीच बितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरू बिते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुसी साथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ’ चित्रजंग शाहीले बिहीबार फेसबुकमा सेयर गरेका सम्बन्धबिच्छेद पत्रमा भनिएको छ। उक्त सहमति पत्रमा दुवैले हस्ताक्षर गरेका…

पुरा पढ्नुहोस

दुनियाँले मनपराएको गीतले झन्डै फाँसीमा चढाइदियो

कालीप्रसाद रिजाल। तस्बिरः नेपालय मेरो बाल्यकालताका गीत भनेकै केबल फिल्मी हुन्थे। सब हिन्दी। नेपाली गीत त हुँदै हुँदैन थियो। मैले नेपाली गीत सुनेको धरानका भरियाहरूबाट हो। तिनै भरियाहरूबाट सुनेका लय लिएर मैले लेख्न सुरू गरेको थिएँ। त्यसले मलाई धेरै पुरस्कारहरू दिलायो। ‘बालकवि’ भनेर सम्बोधन पनि गरिन थाल्यो। मलाई बोकेरै मञ्चमा राखिन्थ्यो जहाँबाट म गीत सुनाउँथेँ। ममा साहित्यको प्रभाव आमाबाट आएको हो। आमाले गुन्गुनाएका कविताका सर्जकसँग भेट्ने मेरो उत्कट अभिलाषा थियो। त्यो एसएलसी पास भएपछि मात्रै पूरा भयो। २०१३ सालमा मैले एसएलसी पास गरेपछि मेरो काठमाडौं यात्राको बाटो खुल्यो। मेरा हजुरबुबा…

पुरा पढ्नुहोस

सालेहले यसरी जिताए लिभरपुललाई

च्याम्पियन्स लिग अन्तरगत बुधबार राति भएको खेलमा लिभरपुलले साल्जवर्गलाई पराजित गरेको छ। उसका लागि साल्जबर्गमाथिको ४-३ को जित सहज भने भएन। एक समय ३-० को स्पष्ट अग्रता कायम गरेको अवस्थामा खेल ३-३ को बराबरीमा पुगेपछि लिभरपुलका लागि यो जित संघर्षपूर्ण बन्न पुगेको थियो। यसमा जितको नायक मोहम्मद सालेह बने। उनले टोली ३-३ को बराबरीमा रहेको अवस्थामा खेलको ६९ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए र महत्वपूर्ण ३ अंक जोडे। यस खेलमा उनले दुई गोल गरे। खेल संघर्षपूर्ण अवस्थामा पुग्नुअघि लिभरपुलले खेलको ९ औं मिनेटमा साडियो मानेको गोलमा पहिलो अग्रता…

पुरा पढ्नुहोस

‘कृपा’मा कुमार बस्नेतदेखि सुशान्त केसीसम्म

चारवर्षपछि कृपा अनप्लग्डको तेस्रो सिजन सुरू ‘संगी डुब्दैछु तिम्रो यादम       संगी मेट्दैछु भाग्य हातमा’‘ब्याच नं. १६’ सिनेमाका लागि दस वर्षअघि शिव परियारले गाएको यो पुरानो गीत अब नयाँ स्वादमा सुन्न पाइने भएको छ। मंगलबार साँझ यो गीत युट्युबमा सार्वजनिक गरेसँगै ‘कृपा अनप्लग्ड’को तेस्रो सिजन सुरू भएको छ।स्रोता दर्शकबीच लोकप्रिय भए पनि चार वर्षको अन्तरालपछि मात्र आएको हो, कृपा अनप्लग्ड। प्रविधिले गीतको शैली र काम गर्ने तौरतरिकामा नै हेरफेर ल्याइरहेको हुन्छ। यसको असर कृपा अनप्लग्ड को नयाँ सिजनमा प्रष्टै देख्न पाइनेछ। कृपा अनप्लग्ड सुरू हुँदा टेलिभिजन ‘फर्म्याट’मा थियो। पहिलो…

पुरा पढ्नुहोस

महरा प्रकरण : किन भइन् ‘पीडित’ युटर्न ?

महरा निजी सुरक्षाकर्मी लिएर रोशनी शाहीको डेरामा पुगेका थिए काठमाडौँ — यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतका अनुसार उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो । स्रोतबाट कान्तिपुरलाई प्राप्त जानकारीअनुसार साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा…

पुरा पढ्नुहोस