सुदूरपश्चिमको पृथक दसैँ : दौडाउँदै दिइन्छ राँगाको बली

लोकेन्द्र भट्ट रातोपाटी काठमाडौँ – समग्र रुपमा हेर्दा मेची–महाकालीकै दसैँ मनाउने परम्परा मिल्दो जुल्दो नै छ । तर, बली दिने प्रथाको हिसाबले सुदूरपश्चिमको दसैँ अन्य ठाउँभन्दा अलि पृथक छ । त्यसमा पनि मुख्य गरी अछामको । सुदुर तथा मध्यपश्चिममा अन्य ठाउँको दसैँ भन्दा पृथक रहेको त्यहाँका लोक संस्कृतिविद् यज्ञराज उपाध्याय बताउँछन् । त्यहाँ मुख्यगरी ठूलो मात्रामा राँगा र बोकाहरुको बली चडाइन्छ । तर राँगाको बली अन्य पृथक ढङ्गले दिइने गरिएको उपाध्यायको भनाइ छ । सुदुर तथा मध्यपश्चिममा दिइने बली प्रथाबारे उनी भन्छन्, ‘राँगाको बली चडाउनु पूर्व बोकाको बली चढाउने गरिन्छ…

पुरा पढ्नुहोस

‘वर्षभरमा बिक्ने खसीबोकाको मासु दसैंको १० दिनमै बिक्छ’

दसैं माछामासुकै चाड भने हुन्छ। चाबहिलकी सबिना कोइरालालाई त मासुबिना दसैं हुन्छ जस्तो पनि लाग्दैन। हाम्रो चलनै पहिल्यैदेखि दसैंमा खसीबोका काट्ने हो।         < तर सबिना खसीबोकाको मासु रुचाउँदिनन्। ‘मलाई त खसीको मासु त मनै पर्दैन, कुखुरामात्र मनपर्छ,’ उनले भनिन्। काठमाडौंका अधिकांशले खसीबोका रूचाउँदैनन्। राँगा, भैंसीबाहेक बंगुर, कुखुरा, अस्ट्रिच, खरायो लगायतका मासुको पनि विकल्प बढ्दै गएपछि खसीबोका रूचाउने कम हुँदै गएका अनुमान छ। तर व्यापारीहरू यसमा सहमत छैनन्। अहिले पनि दसैंमा खसीबोकाकै बढी माग हुने उनीहरू बताउँछन्। अरू बेला अन्य प्रकारका मासु खाए पनि दसैंमा खसीबोका नै खोज्ने गरेको माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले…

पुरा पढ्नुहोस