ह्याकर अहिलेका मुख्य चुनैाति बने बुढाथोकी

सल्यान जिल्लामै पहिलो पटक  न्यू सल्यान टेक्निकल कलेज प्रा. लि. श्रीनगर सल्यानमा  Cyber Crime , Cyber Security तथा Data Security  सम्बन्धि जानकारि मुलक निःशुल्क सेमिनार  सम्पन्न भएको छ । कार्यक्रममा न्यु सिटि कम्प्युटरका म्यानेजिङ डाइरेक्टर खुमराज  बुढाथोकीले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै  साईवर सेकुरिटि सम्वन्धि ज्ञान हरेक व्यक्ति व्यक्ति सम्म पुर्‍याउनु पर्ने भन्दै गुनस्तरीय सामान तथा सुरक्षा प्रविधिमा जोड दिनुभएको थियो ।  उक्त   सेमिनारमा New City Computer and Suppliers, Salyan (Authorize Diller of K7 Utility Software ) का प्राविधिक प्रमुख तथा कार्यक्रमका प्रशिक्षक निमराज बुढाथोकि ले Cyber Crime ,…

पुरा पढ्नुहोस

चर्को गर्मी छल्ने उपाय के होला ?

नागाबाबा भएर बस्ने । कुबेर सुवेदी  ओढारमा बास बस्ने कान्छा । शोभाकर तिमिल्सिना  यसको दिगो समाधान भनेकै रुख रोप्नु हो । हरि तिवारी  ब्लाङकेट ओढेर घाममा बस्ने । सरोज केसी  चिसो वियर पिउने । निलेन्द्र प्याकुरेल  सप्तकोसीको चिसो पानीमा छलाङ लगाउने । विशाल गौतम  दामन–पालुङ जाने । विमल मगर  तमोर नदीको माझिङटार या त मूलघाटमा पौडी खेल्ने । कमलप्रसाद बाँस्कोटा  डबल ब्लाङ्कोट ओढेर सुत्ने । हरिप्रसाद तिवारी  त्रिशूलीमा झ्याम्म हामफाल्ने । चन्द्र उदासी  हिमालतिर लाग्ने । राज आरसी  सूर्यलाई दुई–चार महिना छुट्टीमा पठाउने । होल ब्ल्याक  अन्डरग्राउन्ड कोठाबाट कतै ननिस्कने । जगत बम्जन  पोखरीमा गएर बस्ने । गोकर्ण सिटौला  काठमाडौं बस्नेहरू १५ दिनका लागि…

पुरा पढ्नुहोस

भारतमा फेरि एक पटक मोदी सरकार

सहजै दोस्रो कार्यकाल जित्ने मार्गमा नरेन्द्र मोदी एजेन्सी । अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ । सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’  गठबन्धनले सहजै ३०० भन्दा बढी सिट ल्याउने देखिएको छ । सुरुवाती मतगणना परिणाम निर्वाचन लगतै जारी गरिएको मत सर्वेक्षण अनुरुप नै देखिन्छ । भाजपाले दक्षिणका केही राज्यबाहेक सबै ठूला राज्यमा राम्रो प्रदर्शन गरेको छ । केही महिना अघि भएको विधानसभा निर्वाचनमा कंग्रेसले हराएका तीन राज्यमा पनि…

पुरा पढ्नुहोस

२०७५ को फेसनमा कुन ड्रेस चल्यो

स्पोर्टी लुक्स २०७५ को सुरुदेखि नै युवा पुस्ता स्पोर्टी लुक्स देखियो । वाइड लेगिङ तथा हाई वेस्ट पाइन्टसँग क्रप टप, बोल्ड फ्लावर प्रिन्टको ड्रेस, पारदर्शी फेब्रिकमा लेयरिङ ड्रेस, तलदेखि माथिसम्म एउटै कलरको फेब्रिकमा वान पिस, जम्पसुट, स्कर्ट, वान पिस, फिटिङ ब्लेजर, क्लाबिन क्लेन्थ ड्रेसेज, कटन ब्लेन्ड टप, लेदर स्कर्ट, स्लिकी बक्सर स्टाइल आदि फेसनमा हावी रहे । गत वर्ष पेस्टल कलरहरूमा पफ सिल्भहरू चले । युवापुस्ता माझ लुज फिटमा मम् जिन्स, ब्वाइफ्रेन्ड जिन्स, जगस पाइन्ट, रिप जिन्स लोकप्रिय देखियो । ग्रन्ज जिन्सका हाफ पाइन्ट, कटन पेस्टल कलरका हाफ तथा क्वाटर पाइन्ट पनि युवापुस्ताको रोजाइमा…

पुरा पढ्नुहोस

चार दिनमा ६४ ले लिए मलेशियाका लागि श्रम स्वीकृति

२९ चैत-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिनुभयो । “सरकारले खुला गरेपछि मलेशिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ”, उहाँले भन्नुभयो । सरकारले जेठदेखि मलेशिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उहाँ बताउनुहुन्छ । मलेशियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन्…

पुरा पढ्नुहोस

सरकारको विज्ञान-प्रविधि नीति सार्वजनिक : नीतिमा के छ ? (पूर्णपाठ)

काठमाडौं। नेपाल सरकारले सरकारको विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयले जारी गरेको नीतिको पूर्णपाठ यहाँ प्रकाशित गरेका छौं। विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति, २०७५ काे पूर्णपाठ। परिचय सामाजिक उन्नयन र आर्थिक सम्वृद्धिका लागि विज्ञान–प्रविधि तथा नवप्रवर्तन एक्काईसौं शताब्दिको अपरिहार्य आवश्यकता भएको छ। विज्ञान तथा प्रविधि देशको सम्वृद्धि मापन गरिने सूचांक मात्र नभएर मानिसको गुणस्तरीय जीवन र राष्ट्रिय सुरक्षाको प्रत्याभूतिसँग पनि जोडिएको विषय हो। अतः दिगो विकास र गुणात्मक उत्पादनसित गाँसिएर रहने विज्ञान–प्रविधि तथा नवप्रवर्तनको अग्रणी भूमिकालाई नयाँ ढंगले परिभाषित गर्न आवश्यक भएको छ। यसै अनुरुप…

पुरा पढ्नुहोस

बर्ड फ्लूका कारण हजारौँ कुखुरा मरे

हेटौँडा – दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी सकिएको छ । हेटौँडाका किसान कुलप्रसाद चौलागाईंले पाल्नुभएको कुखुराको नमूना परीक्षणमा बर्डफ्लुको जिवाणु रहेको पुष्टि भएको हो । दुई साताअघि करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीको हजारौँ कुखुरा मरेका थिए । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजारभन्दा बढी कुखुरा मरेका थिए । भेटेनरी अस्पतालले एच नाइन भाइरसको सङ्क्रमण भएको पुष्टि…

पुरा पढ्नुहोस

लगानी गर्ने हैन त जनताको जलविद्युतमा ?

काठमाडौं। ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ । सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको हो । सोही कार्यक्रमको पहिलो आयोजनाको रूपमा त्रिशुली जलविद्युत् कम्पनीको साधारण शेयर बिक्री गर्न लागिएको आज प्रकाशित विवरणमा उल्लेख छ । कम्पनीका अनुसार पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत साधारण शेयर बिक्री…

पुरा पढ्नुहोस

म्याग्दी हिमाली जिल्लामा सूचीकृत, के हुन्छ फाइदा ?

म्याग्दीको पुनहिलबाट पृष्ठभूमिमा देखिएको धौलागिरी हिमशृङखला।तस्बिर : सन्तोष गौतम बेनी : संसारको सातौं अग्लो धौलागिरीसहित दर्जनौं हिमशृङ्खला अवस्थित म्याग्दीलाई सरकारले हिमाली जिल्लामा सूचीकृत गरेको छ। म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक-२०७५’ संघीय संसदको दुईवटै सदनबाट पारित गरेर कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो। राजपत्रमा प्रकाशित भएपछि म्याग्दीले बैधानिक हिसाबले हिमाली जिल्लाको मान्यता पाएको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले बताए। ‘यसअघि नेपालका ७७ मध्ये २० वटा मात्र हिमाली जिल्लाको सूचिमा थिए,’सांसद थापाले भने, ‘म्याग्दी हिमाली जिल्लाको २१ औं स्थानमा सूचिकृत भएको छ।’ हिमाली…

पुरा पढ्नुहोस

विप्लवकारी बाटो

पृथकतावादको नारा दिने नेतासँग त सम्झौता भयो भने राज्यभित्रै विद्रोह गर्न खोज्नेसँग एकपटक निर्णायक वार्ता किन नगर्ने ? सुधीर शर्मा तुलनात्मक रूपले शान्त देखिएको नेपाली तलाउमा अहिले तीनवटा तरंग एकसाथ आएका छन्। पहिलो, टीकापुर काण्डमा मुछिएका सांसद रेशम चौधरीलाई जन्मकैद गर्ने कैलाली जिल्ला अदालतको फैसला। त्यसलाई लिएर तत्काल प्रतिक्रिया देखा नपरे पनि त्यसले थारू समुदायको मनोविज्ञानलाई उद्वेलित बनाउने दूरगामी आधार खडा गरिदिएको छ। दोस्रो, अदालती निर्णयबाट छुटेका ‘स्वतन्त्र मधेस’ अभियानका नेता सीके राउतलाई मूलधारमा ल्याउन सरकारले गरेको सम्झौता। यसबीच राउत कार्यकर्ताका केही गतिविधि सन्देहास्पद देखिए पनि उनी सम्झौताबाहिर गइहाल्लान् भन्ने…

पुरा पढ्नुहोस