सल्यानको थारमारे बजार अब( CCTV) सि.सि.टि.भी. क्यामराको निगरानीमा ।

बागचौर नगरपालिका वडा नम्बर २ मा पर्ने थारमारे बजारमा चोरको बिगबिगी बढेपछि सि।सि।टि।भी। क्यामरा जडान गरिएको हो । गत फागुन ११ गते राती एक विद्यालय र कोल्ड स्टोरमा चोरी भएको थियो भने फागुन १५ गते एउटा मोबाइल पसलमा चोरी भएको थियो । चोरी भएपछि बागचौर नगरप्रमुख लोकमान बुढाथोकीले सिसीटिभी क्यामरा जडान गर्ने आश्वासन दिएका थिए । यसैक्रममा सिसीटिभी क्यामरा जडान भएपछि आइतबार एक कार्यक्रमका बिच नगरप्रमुख बुढाथोकीद्वारा ईलाका प्रहरी कार्यालय थारमारेलाई क्यामरा निगरानीको लागी हस्तान्तरण गरिएको छ ।   थारमारे बजार क्षेत्रमा हुन सक्ने चोरी, डकैती तथा अन्य नकारात्मक गतिविधिलाई…

पुरा पढ्नुहोस

  काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं अर्बपति विनोद चौधरीले नेपाली युवालाई हीनताबोध त्यागेर सिर्जनशील काममा जुट्न आह्वान गरेका छन् । केही गर्ने नयाँ सोंच र त्यसलाई पछयाउने धैर्यता राख्ने हो भने सफलता आफ्नो वशमा पर्ने उनले बताए । पूर्वी नवलपरासीको गैंडाकोटमा विहिबार नेपाल जेसिसद्वारा आयोजित युथ कन्फ्रेन्स फर इन्टरप्रेनरसिप कार्यक्रममा बेल्दै अर्बपति चौधरीले युवाहरुलाई उद्यशिलतामा जुट्न अभिप्रेरित गरेका हुन् ।  “विश्वका टप १०० अर्बपतिमध्ये ७३ जना अर्बपति ‘सेल्फ मेड’ हुन्,” उनले भने,“उनीहमध्येका ३६ जना गरिव परिवारमा जन्मिएका थिए । १८ जनासँग कलेजको डिग्रि छैन । उनीहरुमध्येका केहीले बाल्यकालमा अभिभावक गुमाएका…

पुरा पढ्नुहोस

चौधरीको सम्पत्ति १ अर्ब ७० करोड डलर

  फोर्ब्समा सूचीकृत नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति ६ वर्षको अवधिमा ७० करोड डलर बढेर एक अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ। फोर्ब्सले सार्वजनिक गरेको सन् २०१९ मा विश्वका धनाढ्यको सम्पत्ति विवरणअनुसार चौधरीको सम्पत्ति गत वर्षको तुलनामा २० करोड डलर बढेको छ। विश्वका धनाढ्यमध्ये उनी १३४९औं नम्बरमा परेका छन्। चाउचाउ उद्योगलाई भारतमा तीव्र विस्तार गरेका चौधरीले सर्बियामा फुटप्रिन्ट विस्तार गरेका छन्। उनले पछिल्ला वर्षमा होटल तथा आतिथ्य सत्कार व्यवसायमा लगानी बढाएका छन्। नेपालबाहेक भारत, चीन,  श्रीलंका, युरोप, अमेरिका तथा मध्यपूर्वी देशमा समेत लगानी विस्तार गरेका चौधरीले जलविद्युत्…

पुरा पढ्नुहोस

घंगारिचौरमा पर्यटकीय उद्यान तथा सांस्कृतीक संग्राहलय निर्माणका लागी योजना तयार ।

कपुरकोट गाउँपालिकोको वडा नम्बर ४ घंगारिचौरमा पर्यटकीय उद्यान तथा सांस्कृतीक संग्राहलय निर्माणका लागी योजना तयार । बुधबार उद्यान तथा संग्राहलय परिकल्पनाको भिडियो र तस्वीरहरु सार्वजनीक । जहाँ भ्यु टावर,सांस्कृतिक संग्रहालय, शहिद स्तम्भ, शिव मन्दिर, बालउद्यान, वनभोज स्थल, खुल्ला मंच, चमेना गृह जस्ता भौतिक संरचना निर्माण हुने छन् । यसका लागी करिव ५ करोड रुपैयाँ खर्च हुनेछ । उद्देश्यहरु -स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम् प्रयोग गरि -सन्तुलित विकासमा सहयोग पुर्याउने -आन्तरिक तथा बाहय पर्यटन प्रबर्द्धन गर्ने -स्थानीय संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्ने -गाउँपालिकाको सामाजिक तथा आर्थिक बिकाशमा टेवा पुर्याउने…

पुरा पढ्नुहोस

सल्यानमा नाइट बस दुर्घटना

फागुन २२, सल्यान । काठमाडौं बाट रुकुम तर्फ जाँदै गरेको रात्री बस सल्यानमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । अाज बिहान ९ बजेतिर सल्यानको शारदा नगरपालिका १ चैबाङ जिउलामा बा ४ प ५३६४ नम्बरको बस पल्टिएको हो । दुर्घटनामा घाइते मध्ये १ गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरुको अहिले श्रीनगरमा रहेको कान्तिपुर अस्पतालमा उपचार भैरहेको छ । गाडी सडकदेखि सामान्य १० मिटल तल खसेको छ ।

पुरा पढ्नुहोस

“उत्तरको सपना पूरा गर्न सक्रिय राजनीतिमा आँउछु”

सवारी दुर्घटनामा ज्यान गुमाएका प्रदेश पाँचका सांसद उत्तरकुमार वलीकी पत्नी बिमला वलीले सक्रिय राजनीतिमा आउने घोषणा गर्नुभएको छ । स्र्वगीय सांसद वलीको १३ औं दिनको पुण्य तिथीका अवसरमा गरिएको श्राद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले श्रीमान् उत्तरकुमार वलीले जनता समक्ष गरेका वाचा पुरा गर्न राजनीतिमा आउने घोषणा गर्नभयो । ‘मेरो श्रीमान्ले परिवारभन्दा माँया यस क्षेत्रका जनतालाई गर्नुहुन्थ्यो ।’उहाँले भन्नुभयो,‘उहाँले चुनावमा जनता सामु गरेका प्रतिवद्धता बाँकी नै छन् । ती सपना पुरा गर्न म सक्रिय राजनीतिमा आउँछु ।’ आफ्ना श्रीमान्ले परिवार भन्दा माँया जनतालाई गर्ने गरेको बताउँदै आगामी दिनमा जनता सामु उहाँको…

पुरा पढ्नुहोस

कार्यस्थलमा CCTV किन ?

लेखक निर्मल  भट्टराई महासचिव APSA Nepal कार्यस्थलमा सुरक्षा प्रदान गर्ने सबैभन्दा अधिक प्रभावी तरिका मध्ये एक CCTV सुरक्षा वा भिडियो निगरानी प्रणाली संग छ। आधुनिक सुरक्षा क्यामेराको उच्च उन्नत प्रविधिहरूले निरन्तर र निर्बाध निगरानी सँगै सम्पत्तिको संरक्षण गरेर लागत र जोखिम कम गर्ने कार्य गर्दछ । व्यवसायका लागि CCTV प्रणाली महत्वपूर्ण र आवश्यक छ भन्ने केही आधार। १) लागत र जोखिम घटाउन। CCTV सुरक्षा प्रणालीले चाँडै नै स्थापित हुने बित्तिकै सबै भन्दा राम्रो लगानीको रूपमा प्रमाणित गर्छ। मानव सुरक्षा गार्डको महंगो र नियमित खर्चलाई कटौति गरि सहि समयमा अधिकतमा निगरानी…

पुरा पढ्नुहोस

मौसमी अवस्था थाहा पाउन आजदेखि फेरि बेलुन उडाउने

काठमाण्डौ – उच्च वायुमण्डलको मौसमी अवस्था थाहा पाउन आजदेखि रेडियसन जडित बेलुन फेरि उडाउन थालिएको छ । कीर्तिपुरबाट रेडियसनजडित बेलुनमा हाइड्रोजनन ग्यास भरेर उच्च वायुमण्डलमा पठाउन थालिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । यो बेलुनमा जोडिएको रेडियसनले उच्च वायुमण्डलमा पुगेर त्यहाँको मौसमी गतिविधिबारे थाहा दिने र यसले मौसम पुर्वानुमान गर्न सहज हुने उहाँले बताउनुभयो । बेलुनमा जडिन रेडियसनले जमिनदेखि वायुमण्डलको भ्रमण गर्दा पानी पर्नका लागि विकसित हुने मौसमी अवस्थाको बारेमा थाहा हुने हुँदा यसले मौसम पूर्वानुमान सहज हुन्छ । रेडियसन प्रयोग नहुँदा माथिल्लो वायुमण्डलको अवस्था थाहा पाउन भारतको तथ्याङकमा भर…

पुरा पढ्नुहोस

कसले सम्हाल्छ अब आङछिरिङको ५० अर्बको साम्राज्य?

आङछिरिङ शेर्पाका बारेमा एउटा भनाइ छ- नेपाल घुम्न आउने कुनै पनि विदेशी पर्यटक उनलाई पैसा नतिरी फर्केर जान पाउँदैनन्।पर्यटन क्षेत्रमा झन्डै ३० वर्ष लामो अनुभवबाट आङछिरिङले आर्जेको प्रतिष्ठा र साम्राज्य यही हो।कुनै समय सोलुखुम्बुको पाङ्बो चेमा पर्यटकका भारी बोकेका र भान्से काम गरेका आङछिरिङको सफलताको कथा कति अद्भूत छ भन्ने उनको नामसँग जोडिएका कम्पनीहरूको सूचीले नै दर्शाउँछ।विदेशी पर्यटकलाई नेपाल ल्याउनदेखि बास बसाउन, हिमाल चढाउन, पहाडका कुनाकन्दरा घुमाउन, खुवाउन-पियाउन र जहाज तथा हेलिकप्टरमा उडाउनसमेत उनका कम्पनीहरूले उल्लेख्य हिस्सा ओगट्छन्। पर्यटन क्षेत्रसँग जोडिएका सानाठूला सबै सेवा उपलब्ध गराउने पूर्वाधार खडा गरेर आङछिरिङले…

पुरा पढ्नुहोस

घरमै लगाउँछन् विद्युतीय हाजिर

  कालिकोट : कालिकोटको पचालझरना गाँउपालिका तिखाती-९ को कर्णाली आधारभूत विद्यालयका प्रधानाध्यापक बिरेन्द्रबहादुर शाहीले घरमै ल्याएर हाजिर गर्ने गरेका छन्। सोमबार सोही विद्यालयका शिक्षक अमर तिरुवाले प्रधानाध्यापक शाहीको हाजिर लगाउन उनको घरतिर लाँदै गरेको बायोमेट्कि हाजिर बाटोमा स्थानीय युवाहरुले फेला पारेपछि घरमै विद्युतीय हाजिर लगाउने गरेको खुलासा भएको हो। स्थानीय देवेन्द्र शाही र पवित्र शाहीले विद्युतीय हाजिर बाटोबाटै जफत गरेर वडा अध्यक्ष जोरे तिरुवालाई बुझाएका छन्। शिक्षकलाई विद्यालयमा नियमित बनाउन गाँउपालिकाले हरेक विद्यालयमा अनिवार्य विद्युतीय हाजिर प्रणाली लागु गरे पनि शिक्षकहरुले यसमा अनियमितता गर्ने गरेको स्थानीय देवेन्द्र शाहीले बताए। उनले घरमै…

पुरा पढ्नुहोस