आँचल र आकाशको अभिनित फिल्म ‘ब्ल्याक’ युट्युबमा सार्वजनिक (भिडियो)

काठमाडौँ। चलचित्र ब्ल्याकु युट्युबमा सार्वजनिक भएको छ। फिल्ममा पछिल्लो समयकी चर्चित नायिका आँचल शर्मा र नायक आकाश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रमा आकाश र आँचल बीचको प्रेममा आउने उतारचढावलाई देखाउन खोजिएको छ ।

प्रदिप श्रेष्ठको निर्देशन रहेको चलचित्रले डार्क प्रेम कथा विषयको रुपमा उठाएको छ । फिल्ममा आकाश र आँचलका अलवा शुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिय रिजाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई रामशरण उप्रेतीले खिचेका हुन् भने अर्जुन जिसिले सम्पादन गरेका हुन्। चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार