दाङको साहित्य बजार प्रियासनको कव्जामा

दाङ फागुन २४ । उपन्यासकार तथा पत्रकार सविन प्रियासनले यसवर्ष तीनवटा उपन्यास प्रकाशन गरेपछि साहित्य बजार एकछत्र कव्जा गरेका छन् । प्रियासनले पछिल्लो पटक प्रकाशन गरेको ब्रेकअप डायरी उपन्यास यतिबेला दङाली पाठकहरुले अत्यधिक रुचाएपछि धमाधम बिक्री भइरहेको छ ।

जनता बुक स्टलमा पहिलो लट बिक्री भएर दोस्रो लट पनि सकिने अवस्थामा पुगेको जनता बुकका सञ्चालक रामभक्त गुप्ताले जानकारी दिनुभयो । प्रियासनले यसैवर्ष निकालेको लक्कीचार्म र सेल्फी पनि दाङमा सबै भन्दा बढि बिक्री हुने उपन्यासमा पर्छन् ।

युवा पुस्ताहरुलाई लक्षित गरेर निकालिएको ब्रेकअप डायरी शव्दचयन, कथावस्तु अनि प्रस्तुतीका हिसाबले पनि उत्कृष्ट भएकाले पाठकहरुको रोजाईमा परेको छ । यसैगरी यसैवर्ष निकालेको लक्कीचार्ममा पनि कुनै पनि क्षेत्रमा कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा उल्लेख गरिएको छ । सेल्फी उपन्यास आत्मनिर्भर कसरी बन्न सकिन्छ भन्ने विषयमा छ ।

प्रियासनले प्रकाशन गरेका सबै उपन्यासहरु जिल्लाका धेरै जसो विद्यालय, कलेज, पुस्तकालयमा १० प्रतिसम्म राखिएको छ । यसैगरी सर्वसाधारण पाठकहरुले जनता बुकलगायतका पुस्तक पसलहरुबाट पनि उपन्यास खरिद गरेका छन् ।

दाङमा पाठ्यक्रममा समावेश साहित्यीक पुस्तक बाहेक अहिलेसम्मकै सबै भन्दा धेरै पुस्तक बिक्री भएको सेल्फी, लक्कीचार्म उपन्यास नै हो । ब्रेकअप डायरी उपन्यासले सबैको रेकर्ड तोड्ने उपन्यासकार प्रियासनको भनाई छ ।

उपन्यासकार प्रियासन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष हुनुका साथै विभिन्न सामाजिक संघसंस्थासँग जोडिएको र पुस्तक समेत पठनिय भएकाले अत्यधिक पाठकहरुको रोजाइमा उनले लेखेका उपन्यासहरु परेका हुन् । प्रियासनले यस अगाडी सहनशीला, पल्लवी, पुनरागमन, भुमरी, रोदनपछिको जस्ता चर्चित उपन्यास पनि प्रकाशन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार