सिके राउतमा असाधारण निर्णय क्षमता रहेछः प्रधानमन्त्री ओली

 

 

 

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएका सिके राउतमा असाधारण निर्णय क्षमता भएको भन्दै प्रशंशा गरेका छन्। राष्ट्रिय सभागृहमा जारी राजनीतिक समझदारी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राउतमा असाधारण क्षमता रहेको बताए। ‘यस्तो असाधारण क्षमता मैले प्रचण्डजीमा मात्रै देखेको छु,’ उनले भने, ‘यस्ता निर्णयहरु सामान्य मुटु र सामान्य हृदय भएको मान्छेले गर्नै सक्दैन।’ साथै प्रधानमन्त्री ओलीले सिके राउतले हालसम्म अंगालेको शान्तिपूर्ण आन्दोलनको प्रशंशा गरे। ‘शान्तिपूर्ण पाटो निकै प्रशंशा योग्य छ,’ उनलेभ भने, ‘पृथकतावादका विषयमा आम रुपमा असहमति हो।’ प्रधानमन्त्री ओलीले आजैदेखि पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा प्रवेश गरेकोमा राउतको प्रशंशा गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार