गुरुङको घरमा गराइएको विस्फोटको जिम्मा युवा संगठनले लियो

काठमाडौं, २५ फागुन । गत राती काठमाडौंको बसुन्धारास्थित मेनपावर व्यवसायी रोहन गुरुङको घरमा गराइएको विस्फोटको विप्लव नेकपा निकट युवा संगठनले जिम्मा लिएको छ ।

सो सगठनका मध्यकमान्ड केन्द्रीय सचिब शिसिरले आज एक बिज्ञाप्ती मार्फत सो घटनाको जिम्मा लिएका हुन् । बिज्ञाप्तीमा उनले गुरुङलाई मानव तस्करी रोक्न चेतावनी दिदै आगामी दिनमा मानव तस्कारी जारी राखे थप कार्बाही गर्ने चेतावनी समेत दिएका छ्न । सो संगठन विप्लव नेकपा निकट युवा संगठन हो ।

गत राती बसुन्धारास्थित गुरुङको घरमा बम विस्फोट भएको थियो । विस्फोटबाटउनको गाडी र घरमा क्षति भएको थियो । सो संगठनले सो मेनपावरलाई युवा विदेश पठाउने नाममा ठगी गरेको र विदेशमा सामस्या परेर फर्कने युवालाई राहत दिनुको सट्टा तनाव दिने गरेको आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार