आफ्ना आलोचकलाई साम्राज्ञीले ‘कुकुर’को संज्ञा दिएपछि…

आफ्ना आलोचकलाई साम्राज्ञीले ‘कुकुर’को संज्ञा दिएपछि…

काठमाडौं, ६ साउन। यतिवेला नायिका साम्राज्ञी शाह प्रेमीसँगको फोटोका आलोचना खेपिरहेकी छन्। उनले केही दिन अघि प्रेमीसँग मस्ती गर्दै गरेको फोटो सामाजिक सञ्जालमा शेयर गरिन्। जसको कारण उनले अहिले आलोचना खेप्नु परेको छ।

फोटोलाई लिएर व्यापक आलोचना भएपछि उनले आलोचना गर्नेलाई प्रहार गरेकी छन्। इन्स्टाग्रामको स्टोरीमा एक स्टाटस पोष्ट गर्दै उनले कुकुरको संज्ञा दिएकी छन्। ‘हाथी चले बजार, कुत्ते भोके हजार,’ उनले इन्स्टाग्राममा लेखेकी छन्।

फोटोलाई लिएर आलोचित बनेकी उनले आफूलाई हात्ती र आलोचना गर्नेलाई कुकुरको संज्ञा दिएकी छन्। दुई लाइनको हिन्दी वाक्यमार्फत उनले आफ्ना आलोचकलाई प्रहार गरेको हुन सक्ने अनुमान धेरैले गरेका छन्।

उनी बेला–बेला कुनै कुनै फण्डामार्फत चर्चामा आउँछिन् । चलचित्र ‘रातो टिका निधारमा’ को छायांकनपछि उनी आराम गर्न भन्दै इन्डोनेसियाको बाली पुगेकी छन्। समुन्द्रको तटमा देवाङ्ससँग विकिनीमा खिचेका फोटो सार्वजनिक गरेकी छन्। उनलाई सार्वजनिक गरेको फोटोलाई लिएर धेरैले उनलाई ‘कामुक‘ र ‘उत्ताउली’ भनेका छन्।

फोटोलाई लिएर व्यापक आलोचना भएपछि उनले फोटो हटाइसकेकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार