सल्यानमा रोकिराखेको टिपर चल्दा १ महिलाको मृत्यु, ३ जना घाइते

दियो अनलाइन
१४ असोज, सल्यान

सल्यानमा सडक कालोपत्रे गर्न रोकिराखेको टिपर चल्दा १ महिलाको मृत्युु भएको छ भने ३ जना घाइते भएका छन् । शारदा नगरपालिकाको कार्यालय नजिकै खलंगा–सुर्खेत सडकको कालोपत्रेको लागि बालुवा ओसारपसार गर्ने बा ३ क २३६५ नम्बरको टिपर आज दिउसो १ बजे तिर दुर्घटना हुँदा शानपा ८ मार्केकी ४५ वर्षिया रामकली विकको घटनास्थलमै मृत्युु भएको हो ।
घाईते हुनेमा उक्त सडकको काम गर्ने सन्तोषी सेवा निर्माणका कामदारहरु ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु, र शेषनाथ कुमाल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनिहरुको जिल्ला अस्पताल सल्यानमा उपचार हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार