रोशनी शाही र उनका पति चित्रजंगबीच डिभोर्स गर्ने लिखित सहमति

निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई आफूमाथि बलात्कारको आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद गर्ने लिखित सहमति भएको छ।

चित्रजंगले सम्बन्ध बिच्छेद गर्ने लिखित सहमति पत्र आफ्नो फेसबुकमा सेयर गरेका छन्। योसँगै उनीहरूको सम्बन्धबिच्छेद गर्ने कानुनी प्रक्रिया पनि अघि बढेको छ।machapucre bank

‘प्रिय जनहरू, थुप्रै उतारचढावका बीच बितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरू बिते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुसी साथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ’ चित्रजंग शाहीले बिहीबार फेसबुकमा सेयर गरेका सम्बन्धबिच्छेद पत्रमा भनिएको छ।

उक्त सहमति पत्रमा दुवैले हस्ताक्षर गरेका छन्।

संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले बुधबार आफूमाथि कुनै दुर्व्यवहार नभएको प्रहरीलाई लिखित जानकारी गराएकी थिइन्।

तीनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा बुधबार साँझ आफैं उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको उनले जानकारी गराएकी हुन्।

उनले दिएको लिखित निवेदनमा भनिएको थियो, ‘म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियामा कसरी समाचार आए, मलाई थाहा छैन। सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन।’

यसअघि उनले मिडियामा बोल्दै आइतबार साँझ महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्।

चौतर्फी दबाबपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। लगत्तै शाहीले फेरि बयान फेरेकी थिइन्।

यी पनि :

‘महराविरूद्ध जाहेरी दिएको छैन भनेर राज्य चुप लागेर बस्न मिल्दैन’

महराले केही नगरेको भन्दै रोशनीले दिइन् लिखित निवेदन

No photo description available.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार