शुरक्षा स्थिति चिन्ताजनक युद्धको झझल्को, त्रासमा जनता

रोल्पा, फागुन २४ । बितेका तीन दिन रोल्पावासीका जनजीवन निकै त्रासदीमय भयो । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दश वर्षे सशस्त्र युद्धको झल्को दिलायो । बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड प्रयासबाट शुरु भएको घटनाले बिहीबार रातिसम्म निरन्तरता पायो । तोडफोडबाट गाउँपालिकाका अध्यक्ष वलीले प्रयोग गर्दै आएका बा२झ ३६५२ नं जिपको सिसा फुटेको छ । बुधबार राति गङ्गादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले प्रयोग गर्दै आएको भाडाको जिपमासमेत अज्ञात समूहले आगजनी ग-यो । आगजनीबाट उहाँले प्रयोग…

पुरा पढ्नुहोस

सांसद चौधरीलाई जन्मकैदको फैसला गर्ने अदालतले प्रचण्ड, ओलीलाई किन जन्मकैदको सजाय नदिएको ?’

राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन्। पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उनले त्यसविरूद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरू गर्ने घोषणा गरे। ‘जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गर्न मिल्छ ? यो सरासर अन्याय, अत्याचार  र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय…

पुरा पढ्नुहोस

निसाना छापमा कालापानी गायब

फागुन २३, काठमाडौँ । नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ । सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै कालापानी गायब छ । भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मोनता टिठलाग्दो देखिएका बेला नक्साबाटै पनि कालापानी गायब गरिएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । नेपालको सुदूरपश्चिम प्रदेशस्थित दार्चुलामा अवस्थित कालापानी नदीको पश्चिममा भारतको उत्तराखण्ड राज्य पर्दछ । भारतले मिचेपछि विवादित बनेको कालापानीमा आफ्नो अधिकार खोज्नेतर्फ समेत नेपाल सरकारले चासो दिएको छैन । यस्तो अवस्थामा सूचना तथा सञ्चार मन्त्रालयको प्रमाणीकरण नियन्त्रकको कार्यालयकै वेबसाइटको निसाना छापमा…

पुरा पढ्नुहोस

सांसद रेशम चौधरीलाई सफाइ दिने तयारी

कैलाली जिल्ला अदालतमा जारी टीकापुर घटनासम्बन्धी मुद्दाको फैसला सम्भवतः आज (बुधबार) हुँदैछ। अदालतका स्रोतका अनुसार दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएकाले आज फैसला हुने सम्भावना छ। थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसपीसहित ९ जनाको ज्यान गएको थियो। उक्त घटनामा संलग्न अभियोगमा सांसद रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका लागि हाल कारागारमा छन्। उनीहरूका विषयमा कैलाली जिल्ला अदालतले फैसला गर्न लागेकाे हाे।   थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसपीसहित ९ जनाको ज्यान गएको थियो। उक्त घटनामा संलग्न अभियोगमा सांसद रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका…

पुरा पढ्नुहोस

नेकपामा ठुलाे बज्रपात नेता तथा पूर्वसांसद पण्डितको निधन

काठमाण्डाै – नेकपाका नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलबार निधन भएको छ । हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिनुभयो । विसं २०४८ को निर्वाचनमा उहाँ नुवाकोट–२ बाट तत्कालीन नेकपा ९एमाले०बाट निर्वाचित हुनुभएको थियो । विसं २०५६ को निर्वाचनमा उहाँ नुवाकोटबाट तत्कालीन नेकपा ९माले०बाट उम्मेदवार बन्नुभएको थियो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहनु भएका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा पर्नुभएको थियो । त्यसपछि उहाँ झण्डै आठ महिना प्रहरी हिरासतमा उहाँ रहनुभएको थियो । तत्कालीन राष्ट्रिय…

पुरा पढ्नुहोस

बुढाबुढीलाई भत्ता दिने नेता अधिकारीलाई आइतबार यसरी सम्झिँदैछ नेकपाले

काठमाडौं । शनिबार स्वर्गीए भएका पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बिहान ९ देखि १२ बजेसम्म राखिने भएको छ । अधिकारीको ८२ वर्षको आज गएराती ९ः३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी गराए । तत्कालिन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उहाँले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफँै बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । चारपटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हालेका…

पुरा पढ्नुहोस

घरमै लगाउँछन् विद्युतीय हाजिर

  कालिकोट : कालिकोटको पचालझरना गाँउपालिका तिखाती-९ को कर्णाली आधारभूत विद्यालयका प्रधानाध्यापक बिरेन्द्रबहादुर शाहीले घरमै ल्याएर हाजिर गर्ने गरेका छन्। सोमबार सोही विद्यालयका शिक्षक अमर तिरुवाले प्रधानाध्यापक शाहीको हाजिर लगाउन उनको घरतिर लाँदै गरेको बायोमेट्कि हाजिर बाटोमा स्थानीय युवाहरुले फेला पारेपछि घरमै विद्युतीय हाजिर लगाउने गरेको खुलासा भएको हो। स्थानीय देवेन्द्र शाही र पवित्र शाहीले विद्युतीय हाजिर बाटोबाटै जफत गरेर वडा अध्यक्ष जोरे तिरुवालाई बुझाएका छन्। शिक्षकलाई विद्यालयमा नियमित बनाउन गाँउपालिकाले हरेक विद्यालयमा अनिवार्य विद्युतीय हाजिर प्रणाली लागु गरे पनि शिक्षकहरुले यसमा अनियमितता गर्ने गरेको स्थानीय देवेन्द्र शाहीले बताए। उनले घरमै…

पुरा पढ्नुहोस

सल्यानमा सहिदको नाममा पैसा हिनामिना गरेको भन्दै “एमाले नेता मुर्दाबाद”को ब्यानर पर्दर्शन

फागुन १४, सल्यान । सल्यानमा सहिद हेमराज केसीको नाममा पैसा हिनामिना गरेको भन्दै एमाले नेता मुर्दावादी लेखिएको ब्यानर प्रदर्शन गरिएको छ । बलिदान दिवसको अवसरमा अाज बागचौरमा रहेको हेमराजको सालिकमा सहिद हेमराजका परिवारले ब्यानर पर्दर्शन गरेका हुन् । उनिहरुले सहिदको नाममा तत्कालीन एमालेका नेताहरूले पैसा उठाएर हिनामिना गरेको भन्दै बिरोध व्यानर पर्दर्शन गरेको जनाएका छन् । तत्कालीन एमालेका थारमारे गाविस अध्यक्ष रहेका हेमराज २०५४ सालमा राज्यपक्षबाट मारिएका थिए । उनको नाममा सालिक निर्माण गरिएको तर कति रकममा गरिएको भन्नेबारे अहिलेसम्म आफुहरुलाई कुनै जानकारी नभएको हेमराजका छोरी ज्वाइँ नारायण दाहालले हर्टबिट…

पुरा पढ्नुहोस

नख्खु विस्फोटमा विप्लव समूहको संलग्नता देखियो : गृहमन्त्री

१२ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले एक जनाको ज्यान जाने गरी भएको नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री बादलले समानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव समूहले घटना घटाएको दाबी गरे । सरकारले प्राप्त गरेको विप्लव समूहका पछिल्लो बैठकका निर्णयहरुले पनि त्यही देखाउने भन्दै उनले भने, ‘कसैले पनि जिम्मेवारी लिएको छैन तर, विशेष गरेर यस्ता घटना नेकपा विप्लव समूहले गराउँदै आएको छ ।’ उनका अनुसार २१ वटा जिम्मामा एनसेलको टावरमा आगजनीको प्रयास भएको छ । प्रदेश १…

पुरा पढ्नुहोस

सांसद वलीको शव दाङ ल्याइयो

दाङ, फागुन १० । उपचारका क्रममा आज बिहान निधन भएका प्रदेश ५ का सांसद उत्तरकुरमार ओलीको शव गहजिल्ला दाङ ल्याइएको छ । हेलिकप्टरमार्फत् ओलीको शव दाङ ल्याइएको हो । दाङ क्षेत्रनम्वर ३ ‘ख’ बाट निर्वाचित ओलीको नेपाल मेडिसिटी हस्पिटलमा उपचारका क्रममा शुक्रबार विहान ३ वजे निधन भएको थियो । बुटवलबाट आफ्नो निर्वाचन क्षेत्र फर्कदै गर्दा माघ २४ गते सवारी दुर्घटनामा परि सांसद ओली गम्भीर घाइते हुनुभएको थियो । २०५६ मा तत्कालिन नेकपा एमालेको सदस्यता प्राप्त गरेका ३६ वर्षिय ओली जिल्लाका लोकप्रिय युवा नेताका रुपमा स्थापित हुनुभएको थियो । सांसद ओलीको…

पुरा पढ्नुहोस