नेकपा एकीकरणः एक–दुई दिनमै जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी टुङ्गो लाग्दै !

काठमाण्डौ । तीन महिना भित्र मातहतका कमिटी एकीकरण सक्ने उद्घोष गरेको नेकपालाई १० महिना पुरा हुँदापनि एकता सक्न कठिनाइ परेको छ । लामो समयदेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी नेकपाको शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु भएको भनिए पनि शीर्ष नेताहरु अझै विस्वष्त हुन सकेका छैनन्  । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताले केही दिनभित्रै एकीकरण टुंगो लगाउने गरी बिहीबारबाट छलफल सुरु गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम…

पुरा पढ्नुहोस

तस्बिरमा हेर्नुस प्रधानमन्त्री रोजगार कार्यक्रकको शुभारम्भ

बुधबार काठमाडौँमा सबैका लागि रोजगार ः संवैधानिक अधिकार प्रधानमन्त्री रोजगार कार्यक्रकको शुभारम्भ समारोहमा सहभागी हुनुहुँदै प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार काठमाडौँमा सबैका लागि रोजगार ः संवैधानिक अधिकार प्रधानमन्त्री रोजगार कार्यक्रकको शुभारम्भ समारोहको पानसमा बत्ती बालेर उद्घाटन गर्नुहुँदै । प्रधानमन्त्री ओली शुभारम्भ समारोहको बटन दबाएर उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओली शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै

पुरा पढ्नुहोस

आजबाट देशभर चलचित्र ‘जानी नजानी’ प्रर्दशनमा, ७५ हलमा लाग्ने

काठमाडौं । कर्पोेरेट प्रेम कथामा आधारित चलचित्र ‘जानी नजानी’ शुक्रबार १ चैतबाट मुलुकका ७४ ओटा सिनेमा हलमा रिलिज हुने भएको छ । बितकर मनोज राठीका अनुसार मोफसलका ५२ ओटा र प्रस्तुतकर्ता रोशनी केसीका अनुसार काठमाडौंका २२ हलमा जानी नजानी रिलिज हुँदैछ । ‘मोफसलमा जानी नजानीले राम्रो हलहरु पाएको छ । तर काठमाडौंका वितकरले राम्रो हल मिलाई दिएनन् ।’ प्रस्तुतकर्ता रोशनीले भनिन्,‘फिल्म राम्रो बनेको छ । अहिलेम्म हेरेका दर्शकले जानी नजानी मन पराउनु भएको छ र नेपाली फिल्ममा स्थापित प्रेम शैली भन्दा हामीले केही फरक दिएका छौं ।’ यस अघि कलात्मक…

पुरा पढ्नुहोस

युराेपमा बस्ने नेपालीहरुले भने “विप्लवमाथिकाे प्रतिबन्ध फुकुवा गर” (विज्ञप्तिसहित )

चैत्र १, युरोप । सरकारले नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा लगाएकाे प्रतिबन्द फिर्ता गर्न युराेपमा बस्ने नेपालीहरुले जाेडदार माग गरेका छन् । नेकपा निकट नेपाली जनप्रगतीशिल मोर्चा युरोपले राजनीतिक पार्टीमाथि भएको प्रतिबन्ध अलोकतान्त्रिक भएको जनाउदै आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल सरकारद्वारा उक्त प्रतिबन्ध एकतर्फी युद्ध घोषणाको आभास हुने गरी गराएको आरोप समेत लगाइएको छ । युरोप मेर्चाले एक बिज्ञप्ति जारि गर्दै देशभरका पार्टी नेता तथा कार्यकर्ताको धरपकड गर्दै राजनीतिक प्रतिबन्ध गर्नु सामाजिक फाँसीबादी चरित्र भएको जनाएको छ । सत्तारुढ दल नेकपाले जनअभिमत र जनअपेक्षा बिपरित देशको कालो बजारी,…

पुरा पढ्नुहोस

सल्यानी गायक तथा संगीतकार रामु खड्का सहितका कलाकारको आयो हाँस्य सिरियल “अर्थको अनर्थ“

पछिल्लो समयमा सबै जनाले रूचाउने खाले हाँस्य चलचित्र अर्थको अनर्थ सार्बजनिक भएको छ । गाउँमा हुने एक सांगीतिक कार्यक्रमको बिषयलाई लिएर तयार पारिएको हाँस्य सिरियल मनोरञ्जनले भरिपुर्ण रहेको छ । सिरियलमा चर्चित सल्यानी गायक तथा संगीतकार रामु खड्काको पनि मुख्य भुमिका रहेको छ । खड्कालाई तक्लु बाबाको रुपमा देखन सकिन्छ । अहिले हम्रो गाउँ समाज र गीत संगीतमा चलिरहेको विकृतीलाइ समेटिएको सिरियलमा बिभिन्न चर्चित कलाकार हरूलाई देखन सकिन्छ। पहिलो भाग भए पनि सबै दर्शको मन जितन सफल भएको छ । त्यस्तै सिरिएलमा कलाकार हरुलाई अपमान गर्नुहुन्न गीत संगीत गाउने क्रममालाई कसरी गाउने कसरी उच्चारण गर्ने भन्ने महत्त्वपूर्ण हाँस्यव्याग्य बिषय पनि समेटिएको छ । पछिल्लो समयम चर्चामा रहेको बिषय वाइडबडीको बारेमा धनि…

पुरा पढ्नुहोस

तराईमा नेकपाको उर्लियो जनसागर, देशको अखण्डता र अविभाज्यता अहिलेको आवश्यकता : प्रम ओली

रौतहट, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राष्ट्रियता, अखण्डता र अविभाज्यता अहिलेको अपरिहार्यता रहेको र सोही कुरालाई स्वीकार गर्दै संविधानप्रति ऐक्यवद्धता जनाउँदै सिके राउत राज्यको मुल धारमा आएको बताउनुभयो । नेकपाका प्रमुख तीन नेताले एकै मञ्चबाट तराई मधेसको विकासको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपाको सरकार गम्भीर रहेको घोषणा गरेका छन् । रौतहटको गरुडामा नेकपाको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवें प्रधानमन्त्री ओलीले पृथकवादी राजनीतिको भविष्य नभइ देशको समृद्धि नै एकमात्र बाटो देखेर सिके राउत नेतृत्वको समूहले देशको अखण्डता र…

पुरा पढ्नुहोस

गुरुङको घरमा गराइएको विस्फोटको जिम्मा युवा संगठनले लियो

काठमाडौं, २५ फागुन । गत राती काठमाडौंको बसुन्धारास्थित मेनपावर व्यवसायी रोहन गुरुङको घरमा गराइएको विस्फोटको विप्लव नेकपा निकट युवा संगठनले जिम्मा लिएको छ । सो सगठनका मध्यकमान्ड केन्द्रीय सचिब शिसिरले आज एक बिज्ञाप्ती मार्फत सो घटनाको जिम्मा लिएका हुन् । बिज्ञाप्तीमा उनले गुरुङलाई मानव तस्करी रोक्न चेतावनी दिदै आगामी दिनमा मानव तस्कारी जारी राखे थप कार्बाही गर्ने चेतावनी समेत दिएका छ्न । सो संगठन विप्लव नेकपा निकट युवा संगठन हो । गत राती बसुन्धारास्थित गुरुङको घरमा बम विस्फोट भएको थियो । विस्फोटबाटउनको गाडी र घरमा क्षति भएको थियो । सो…

पुरा पढ्नुहोस

“म माग्छु गृहमन्त्रीको राजिनामा, तर सिके राउत र सरकारबिच सहमती मान्य हुन दिदैनौ” – भिम रावल

शुक्रबार सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका सीके राउतबीच ११ बुँदे राजनीतिक सहमति भएको थियो । त्यसको भोलिपल्टै सत्तारुद्ध दलकै प्रभावशाली नेताको यस्तो प्रतिक्रिया आएको हो । ‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ । यसमा कसैको विरोध हुँदैन । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन’–साक्षात्कारमा नेता रावलले भने । ‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थें’–उनले भने–‘तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो…

पुरा पढ्नुहोस

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बिस्फोटपछि आगलागी

फागुन २४, काठमाडौं । राजधानीको बसुन्धरास्थित नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरूङको घरको आगलागी भएको छ । शुक्रबार साँझ आगलागीबाट तीन तले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको उनको ल्याण्ड क्रुजर गाडी पनि जलेको छ । आगलागी कसरी भयो भन्ने विषय भने एकिन भइसकेको छैन । घटनास्थलमा पुगेको प्रहरीले ग्यास सिलिन्डर बिस्फोट भएर आगलागी भएको हुनसक्ने बताएको छ । टोलभरि सुनिने गरी ठूलो आवाजमा बिस्फोट भएकाले बम हो कि ग्यास हो भन्ने एकिन नभएको प्रहरीले जनाएको छ । बिस्फोटबाट गुरूङको घरमा रहेको सटर भाडा लिएर…

पुरा पढ्नुहोस

कर्णाली नेपालकै धनी

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश नेपालकै धनि प्रदेश भएको दाबी गरेका छन् । उनले कर्णालीका प्राकृतीक तथा अर्गानीक बस्तु भएको भन्दै अन्य प्रदेशभन्दा कर्णाली धनि भएको बताए । सल्यान खलंगामा चलेको प्रथम कर्णाली प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले संघिय कानुन सँगै आफुहरुले खेलकुदमा प्रदेशको कानुन पनि बनाउने बताएका हुन् । उनले त्यसको लागी सबै कानुन तयार बनाएर संघिय सरकारमा पेस गरेको बताएका छन् । उनले अब प्रदेश सरकारले खेलकुदको आफ्नै कानुन बनाउने बताए। छिटै प्रदेश सभाबाट पनि उक्त कानुनको पास…

पुरा पढ्नुहोस