काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं अर्बपति विनोद चौधरीले नेपाली युवालाई हीनताबोध त्यागेर सिर्जनशील काममा जुट्न आह्वान गरेका छन् । केही गर्ने नयाँ सोंच र त्यसलाई पछयाउने धैर्यता राख्ने हो भने सफलता आफ्नो वशमा पर्ने उनले बताए । पूर्वी नवलपरासीको गैंडाकोटमा विहिबार नेपाल जेसिसद्वारा आयोजित युथ कन्फ्रेन्स फर इन्टरप्रेनरसिप कार्यक्रममा बेल्दै अर्बपति चौधरीले युवाहरुलाई उद्यशिलतामा जुट्न अभिप्रेरित गरेका हुन् ।  “विश्वका टप १०० अर्बपतिमध्ये ७३ जना अर्बपति ‘सेल्फ मेड’ हुन्,” उनले भने,“उनीहमध्येका ३६ जना गरिव परिवारमा जन्मिएका थिए । १८ जनासँग कलेजको डिग्रि छैन । उनीहरुमध्येका केहीले बाल्यकालमा अभिभावक गुमाएका…

पुरा पढ्नुहोस

चौधरीको सम्पत्ति १ अर्ब ७० करोड डलर

  फोर्ब्समा सूचीकृत नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति ६ वर्षको अवधिमा ७० करोड डलर बढेर एक अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ। फोर्ब्सले सार्वजनिक गरेको सन् २०१९ मा विश्वका धनाढ्यको सम्पत्ति विवरणअनुसार चौधरीको सम्पत्ति गत वर्षको तुलनामा २० करोड डलर बढेको छ। विश्वका धनाढ्यमध्ये उनी १३४९औं नम्बरमा परेका छन्। चाउचाउ उद्योगलाई भारतमा तीव्र विस्तार गरेका चौधरीले सर्बियामा फुटप्रिन्ट विस्तार गरेका छन्। उनले पछिल्ला वर्षमा होटल तथा आतिथ्य सत्कार व्यवसायमा लगानी बढाएका छन्। नेपालबाहेक भारत, चीन,  श्रीलंका, युरोप, अमेरिका तथा मध्यपूर्वी देशमा समेत लगानी विस्तार गरेका चौधरीले जलविद्युत्…

पुरा पढ्नुहोस

खुल्यो एपी फुट वेयर एण्ड एसोसोरिज

नारी संवाददाता माघ २०, २०७५ आधुनिक डिजाइनका फेशनेबल फुट वेयर लगायत लेडिज ब्याज, पर्स, ट्रली, अफिसियल ब्यागको नेपालकै विशाल शोरुम एपी फुटवेयर तथा एसोसोरिज जावलाखेलमा फेब्रुअरी १ देखि सञ्चालनमा आएको छ । स्टोरको उद्घाटन मिस नेपाल श्रृखला खतिवडा तथा पूर्व मिस नेपाल मलिना जोशीले गरेका छन् । युवा वर्गलाई लक्षित गरी सञ्चालनमा आएको यो स्टोरमा विशेष गरी आधुनिक डिजाइनका ब्राण्डेड लेडिज जुत्ता, पर्स, अफिसियल ब्याग लगायत ट्रली ब्यागहरु खरिद गर्न सकिने छ ।  

पुरा पढ्नुहोस

लघुवित्त परियोजनामा चिनियाँ सहयोग

७ असोज (रासस) – नेपालस्थित चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले (सिएफपिए)नवलपुर जिल्लाको देवचुली नगरपालिकामा लघुवित्त कार्यक्रमका लागि सहयोग गरेको छ । स्थानीय सक्रिय साना किसान कृषि सहकारीमार्फत लघुवित्त कार्यक्रमका लागि रु ३७ लाख प्रदान गरेको उक्त संस्थाले जनाएको छ । सफा, सुनौलो नेपाल र सक्रिय साना किसान कृषि सहकारी संस्थासँगको सहकार्यमा महिला उद्यमशिलता सहयोग परियोजनाका लागि उक्त संस्थाको सहयोगमा कार्यक्रम शुरु गरिएको हो । सिएफपिए नेपालमा काम गर्ने पहिलो चिनियाँ गैरसरकारी संस्था हो । देवचुली नगरपालिका सिएफपिए नेपालको देशीय निर्देशक जाउ, सफा सुनौलो नेपाल संस्थाका सचिव राकेश हमाल र सहकारीका…

पुरा पढ्नुहोस

काठमाडौंको ९ वटा चोकमा ट्राफिक लाइट बालिँदै

३ असोज, काठमाडौं । महाराजगञ्ज र नयाँबानेश्वर चोकको परीक्षण सफल भएपछि काठमाडौंमा थप ९ वटा चोकमा ट्राफिक लाइट जोडिने भएको छ । ९ वटा चोकमा १२ वटा लाइटहरु राख्न लागिएको सडक विभागले जनाएको छ । मर्मत गरेर बालिएका पुरानै बत्तीले ट्राफिक व्यवस्थापन सजिलो बनाएकाले अन्य चोकमा पनि बल्न छाडेका बत्तीलाई पुनः प्रयोग गर्न लागिएको विभागमा ट्राफिक इकाइ प्रमुख दीप बिरहीले जानकारी दिए । अब कतिपय चोकमा नयाँ लाइटहरु पनि राखिनेछन् । कामठााडैंमा कढ ीव्यवस्त हुो थापाथली, सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालिमाटी, तीनकुने, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ ट्राफिक…

पुरा पढ्नुहोस

महँगा मोटरसाइकल

आश्विन २, २०७५ विश्व बजारमा महँगो बाइकका रूपमा परिचित हार्ले डेभिडसनका मोटरसाइकल हालै मात्र नेपाल भित्रिए । त्यसैगरी इटालियन कम्पनी एसडब्लूएम पनि यही वर्ष भित्रियो । त्यसबाहेक पहिलेदेखि नै बेनेली, सीएफ मोटो, होन्डा, रोयल इन्फिल्ड आदिका मोटरसाइकल पनि नेपाली बजारमा उपलब्ध हुँदै आएका छन् । नाडा अटो शोमा पनि यस्ता धेरै कम्पनीका महँगा मोटरसाइकल अवलोकन गर्न पाइन्छ । हार्ले डेभिडसन स्पोर्टस्टर आइरन–८८३ नेपालमै पहिलो पटक हार्ले डेभिडसनका मोटरसाइकल भित्रिएका छन् । हार्ले डेभिडसनको मोटरसाइकलको मूल्य ४५ लाख रुपैयाँ पर्छ । यसमा ८८३ सीसीको एयरकुल्ड ट्विन सिलिन्डर इन्जिन छ । हार्ले…

पुरा पढ्नुहोस

नेपाली बजारमा महँगा गाडी

आश्विन २, २०७५ विश्व बजारमै एसयूभी अर्थात स्पोर्ट युटिलिटी भेइकल सेगमेन्टका गाडी महँगा मानिन्छन् । विभिन्न विशेषताका कारण यी गाडी आरामदायकका साथै महँगा पनि हुन्छन् । नेपाली बजारमा पनि १ करोड भन्दा बढीका गाडीहरू उपलब्ध छन् । तीमध्ये अधिकांश एसयूभी सेगमेन्टकै छन् । यस्ता अधिकांश गाडी काठमाडांैमा जारी यो वर्षको नाडा अटो शोमा प्रदर्शनका लागि राखिएका छन् । न्यू महिन्द्रा एक्सयूभी–५०० नयाँ एक्सयूभी–५०० अल ह्विल ड्राइभ अप्सनसम्मको क्षमतामा उपलब्ध छ । यसमा भएको ४ सिलिन्डरको एमहक १५५ डिजेल इन्जिन प्रशस्तै क्षमताको छ । यो नयाँ एसयुभीमा कम्पनीले अत्याधुनिक तथा सुविधासम्पन्न…

पुरा पढ्नुहोस

बाघचौर न.पा :डुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासीमा रोक लगाएको सम्बन्धि अत्यन्त जरुरी सूचना।

Heartbeat Nepal|भदौ -२८ बाघचौर नगरपालिकाले मिति २०७५/०५/२५ का दिन डुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी रोक लगाइएको बारे यौटा जरुरि सुचना सार्बजनिक गरेको छ| उक्त सुचनामा हुबहु यस्तो लेखिएको छ:- बिषय:- डुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी बारे सूचना | जो जस संग सम्बन्धित छ, प्रस्तुत विषयका सम्बन्धमा , यस नगरपालिका क्षेत्र अन्त्तर्गत शारदा नदि लगाएत आसपासका खोलाहरु र अन्य क्षेत्रबाट डुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी कार्यका लागि जिल्ला समन्वय अमिति तथा प्रदेश सरकारबाट स्वीकृति भय पश्चात नगरपालिका द्वारा तोकिएको कर लिई उत्खनन तथा निकासी गर्ने प्रावधान रहेको व्यहोरा…

पुरा पढ्नुहोस

संघीय बजेटको सिलिङ करिब १२ खर्ब

१९ चैत, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७५/७६ मा बजेटको आकार घटाएर सिलिङ तोकेको छ । संघीय बजेटको सिलिङ करिब १२ खर्ब रुपैयाँ तोकिएको हो । यो चालू आावको बजेट भन्दा कम हो । यो वर्ष १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो । तर, स्रोत अभावका कारण बजेटको आकार घटाउनु परेको थियो । योजना आयोगको संयोजकत्वमा बस्ने स्रोत समितिले कुल १२ खर्बको सिलिङ तोकेर मन्त्रालयगत सिलिङ पनि तोकेर कार्यक्रम ल्याउन पत्राचार गरेको स्रोतले बतायो । यद्यपि पटक पटक सुरुमा तोकिएको सिलिङ तोडेर बजेट ल्याउने गरिएको छ…

पुरा पढ्नुहोस

नेपाल इन्भेष्टमेन्टको दुई शाखा स्थानान्तरण

१४ चैत, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एकै दिन दुई वटा शाखा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएका चनौली र दलदले शाखाको आज बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरेका छन् । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई एनआईबिएलले प्राप्ति गरेपश्चात भरतपूर महानगर– २० चनौलीमा र देबचूली नगरपालिका– १४ दलदलेमा स्थानान्तरण गरेको हो । नारायणगढ र पर्सामा एनआईबिएलको पहिले नै शाखा रहेकाले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै शाखाहरु स्थानान्तरण गरिएको हो । बैंकले…

पुरा पढ्नुहोस