दुनियाँले मनपराएको गीतले झन्डै फाँसीमा चढाइदियो

कालीप्रसाद रिजाल। तस्बिरः नेपालय मेरो बाल्यकालताका गीत भनेकै केबल फिल्मी हुन्थे। सब हिन्दी। नेपाली गीत त हुँदै हुँदैन थियो। मैले नेपाली गीत सुनेको धरानका भरियाहरूबाट हो। तिनै भरियाहरूबाट सुनेका लय लिएर मैले लेख्न सुरू गरेको थिएँ। त्यसले मलाई धेरै पुरस्कारहरू दिलायो। ‘बालकवि’ भनेर सम्बोधन पनि गरिन थाल्यो। मलाई बोकेरै मञ्चमा राखिन्थ्यो जहाँबाट म गीत सुनाउँथेँ। ममा साहित्यको प्रभाव आमाबाट आएको हो। आमाले गुन्गुनाएका कविताका सर्जकसँग भेट्ने मेरो उत्कट अभिलाषा थियो। त्यो एसएलसी पास भएपछि मात्रै पूरा भयो। २०१३ सालमा मैले एसएलसी पास गरेपछि मेरो काठमाडौं यात्राको बाटो खुल्यो। मेरा हजुरबुबा…

पुरा पढ्नुहोस

म्याग्दी हिमाली जिल्लामा सूचीकृत, के हुन्छ फाइदा ?

म्याग्दीको पुनहिलबाट पृष्ठभूमिमा देखिएको धौलागिरी हिमशृङखला।तस्बिर : सन्तोष गौतम बेनी : संसारको सातौं अग्लो धौलागिरीसहित दर्जनौं हिमशृङ्खला अवस्थित म्याग्दीलाई सरकारले हिमाली जिल्लामा सूचीकृत गरेको छ। म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक-२०७५’ संघीय संसदको दुईवटै सदनबाट पारित गरेर कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो। राजपत्रमा प्रकाशित भएपछि म्याग्दीले बैधानिक हिसाबले हिमाली जिल्लाको मान्यता पाएको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले बताए। ‘यसअघि नेपालका ७७ मध्ये २० वटा मात्र हिमाली जिल्लाको सूचिमा थिए,’सांसद थापाले भने, ‘म्याग्दी हिमाली जिल्लाको २१ औं स्थानमा सूचिकृत भएको छ।’ हिमाली…

पुरा पढ्नुहोस

सिके राउतमा असाधारण निर्णय क्षमता रहेछः प्रधानमन्त्री ओली

      काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएका सिके राउतमा असाधारण निर्णय क्षमता भएको भन्दै प्रशंशा गरेका छन्। राष्ट्रिय सभागृहमा जारी राजनीतिक समझदारी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राउतमा असाधारण क्षमता रहेको बताए। ‘यस्तो असाधारण क्षमता मैले प्रचण्डजीमा मात्रै देखेको छु,’ उनले भने, ‘यस्ता निर्णयहरु सामान्य मुटु र सामान्य हृदय भएको मान्छेले गर्नै सक्दैन।’ साथै प्रधानमन्त्री ओलीले सिके राउतले हालसम्म अंगालेको शान्तिपूर्ण आन्दोलनको प्रशंशा गरे। ‘शान्तिपूर्ण पाटो निकै प्रशंशा योग्य छ,’ उनलेभ भने, ‘पृथकतावादका विषयमा आम रुपमा असहमति हो।’ प्रधानमन्त्री ओलीले आजैदेखि पृथकतावादी आन्दोलन…

पुरा पढ्नुहोस

अर्पण शर्मा सल्यानमा

संसारकै तेज दिमाग भएका मेमोरी किङ्ग अर्पण शर्मा फागुण ३ दिनका लागि सल्यान पुग्ने भएका छन । स्मरण शक्ति अब्बल भएका गिनिज बुकमा नाम लेखाउन सफल तथा राष्ट्रिय युवा पुरस्कार २०७२ बाट सम्मानित अन्तर्रा्िष्ट्रय प्रतिभा एबंम विश्व किर्तिमान कायम गर्न सफल मेमोरी किङ्ग अर्पण शर्मा प्रशिक्षण दिन आउदैछन । उनि यहि फागुन २०, २१ र २२ गते थारमारे आउने भएका हुन् । बाबुराजा कम्प्युटर एण्ड इङ्लिस ल्याङगुइज इन्स्टिच्युट प्रा.लि ले ३ दिने स्मरण शक्ति अभिबृद्वि प्रशिक्षण कार्यक्रम राखेर उनलाई ल्याउन लागेको हो । प्रा.लि.का संचालक एवंम कार्यक्रमका आयोजक भोपेन्द्र बस्नेतले…

पुरा पढ्नुहोस

सांसद रेशम चौधरीलाई सफाइ दिने तयारी

कैलाली जिल्ला अदालतमा जारी टीकापुर घटनासम्बन्धी मुद्दाको फैसला सम्भवतः आज (बुधबार) हुँदैछ। अदालतका स्रोतका अनुसार दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएकाले आज फैसला हुने सम्भावना छ। थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसपीसहित ९ जनाको ज्यान गएको थियो। उक्त घटनामा संलग्न अभियोगमा सांसद रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका लागि हाल कारागारमा छन्। उनीहरूका विषयमा कैलाली जिल्ला अदालतले फैसला गर्न लागेकाे हाे।   थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसपीसहित ९ जनाको ज्यान गएको थियो। उक्त घटनामा संलग्न अभियोगमा सांसद रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका…

पुरा पढ्नुहोस

बाँकेका दुई कर्मचारी घुससहित पक्राउ

नेपालगञ्ज, फागुन २२ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई रु ३५ हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको बताउनुभयो । नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्दले आयात हुने सामानको सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु…

पुरा पढ्नुहोस

म्यानरलेस पत्रकार

‘थुक्क, म्यानरलेस पत्रकार!’ अकस्मात कानमा ठोक्किएको आवाजले मन चसक्क पार्‍यो। आवाज आएतिर हेरेँ दुई जना भलाद्‍मी थिए। ५० वर्ष नाघिसकेका। पत्रकारको पारा देखेर उनीहरुको ‘कम्पारो’ तातिरहेको थियो। भुतभुताउँदै थिए, ‘अहिले त कस्ता कस्ता पत्रकार, वाइह्यात।’ यो संवाद दुई दिनअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल फरेन्सिक डिपार्टमेन्टको प्रांगणमा सुनिएको हो। त्यहाँ ताप्लेजुङमा हेलिकप्टरमा दुर्घटनामा परेर मृत्यु भएका सातजनालाई ‘पोस्टमार्टम’ गर्न ल्याइएको थियो। मृतकका आफन्तहरु शव बुझ्नका लागि कुरिरहेका थिए। आफन्त गुमाएको पीडाले उनीहरुको आखाँमा आशु ओभाएको थिएन। टुक्राटुक्रा परेको शव प्लाष्टिकको झोलामा देखेपछि होश गुमेको थियो। आफन्तको अनुहार देखिन्छ कि भन्ने आशाले आएका उनीहरु…

पुरा पढ्नुहोस

घरमै लगाउँछन् विद्युतीय हाजिर

  कालिकोट : कालिकोटको पचालझरना गाँउपालिका तिखाती-९ को कर्णाली आधारभूत विद्यालयका प्रधानाध्यापक बिरेन्द्रबहादुर शाहीले घरमै ल्याएर हाजिर गर्ने गरेका छन्। सोमबार सोही विद्यालयका शिक्षक अमर तिरुवाले प्रधानाध्यापक शाहीको हाजिर लगाउन उनको घरतिर लाँदै गरेको बायोमेट्कि हाजिर बाटोमा स्थानीय युवाहरुले फेला पारेपछि घरमै विद्युतीय हाजिर लगाउने गरेको खुलासा भएको हो। स्थानीय देवेन्द्र शाही र पवित्र शाहीले विद्युतीय हाजिर बाटोबाटै जफत गरेर वडा अध्यक्ष जोरे तिरुवालाई बुझाएका छन्। शिक्षकलाई विद्यालयमा नियमित बनाउन गाँउपालिकाले हरेक विद्यालयमा अनिवार्य विद्युतीय हाजिर प्रणाली लागु गरे पनि शिक्षकहरुले यसमा अनियमितता गर्ने गरेको स्थानीय देवेन्द्र शाहीले बताए। उनले घरमै…

पुरा पढ्नुहोस

सांसद वलीको शव दाङ ल्याइयो

दाङ, फागुन १० । उपचारका क्रममा आज बिहान निधन भएका प्रदेश ५ का सांसद उत्तरकुरमार ओलीको शव गहजिल्ला दाङ ल्याइएको छ । हेलिकप्टरमार्फत् ओलीको शव दाङ ल्याइएको हो । दाङ क्षेत्रनम्वर ३ ‘ख’ बाट निर्वाचित ओलीको नेपाल मेडिसिटी हस्पिटलमा उपचारका क्रममा शुक्रबार विहान ३ वजे निधन भएको थियो । बुटवलबाट आफ्नो निर्वाचन क्षेत्र फर्कदै गर्दा माघ २४ गते सवारी दुर्घटनामा परि सांसद ओली गम्भीर घाइते हुनुभएको थियो । २०५६ मा तत्कालिन नेकपा एमालेको सदस्यता प्राप्त गरेका ३६ वर्षिय ओली जिल्लाका लोकप्रिय युवा नेताका रुपमा स्थापित हुनुभएको थियो । सांसद ओलीको…

पुरा पढ्नुहोस

भाइटिकाको शुभ साइत कतिबजे ? भाइटीकाको उत्तम साइत सार्वजनिक, शेयर गरेर सबैलाइ जानकारी गराउनुहोला

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ ।

पुरा पढ्नुहोस