भारतमा फेरि एक पटक मोदी सरकार

सहजै दोस्रो कार्यकाल जित्ने मार्गमा नरेन्द्र मोदी एजेन्सी । अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ । सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’  गठबन्धनले सहजै ३०० भन्दा बढी सिट ल्याउने देखिएको छ । सुरुवाती मतगणना परिणाम निर्वाचन लगतै जारी गरिएको मत सर्वेक्षण अनुरुप नै देखिन्छ । भाजपाले दक्षिणका केही राज्यबाहेक सबै ठूला राज्यमा राम्रो प्रदर्शन गरेको छ । केही महिना अघि भएको विधानसभा निर्वाचनमा कंग्रेसले हराएका तीन राज्यमा पनि…

पुरा पढ्नुहोस

नेकपा एकीकरणः एक–दुई दिनमै जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी टुङ्गो लाग्दै !

काठमाण्डौ । तीन महिना भित्र मातहतका कमिटी एकीकरण सक्ने उद्घोष गरेको नेकपालाई १० महिना पुरा हुँदापनि एकता सक्न कठिनाइ परेको छ । लामो समयदेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी नेकपाको शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु भएको भनिए पनि शीर्ष नेताहरु अझै विस्वष्त हुन सकेका छैनन्  । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताले केही दिनभित्रै एकीकरण टुंगो लगाउने गरी बिहीबारबाट छलफल सुरु गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम…

पुरा पढ्नुहोस

विप्लवलाई ३५ दिनभित्र हतियार बुझाउन सरकारको अल्टिमेटम : वार्तामा आए रातो कार्पेट विच्छ्याएर स्वागत गर्छाै’

काठमाडौं/ सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गरे । सो समूहले आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने, ‘यसका लागि रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौ तर, उहाँहरुको अडान हेर्दा त्यस्तो देखिएन र सरकार यो निर्णयमा पुगेको हो ।’ उनले वार्ताका लागि पटक–पटक…

पुरा पढ्नुहोस

सुखानी काण्डमा यसरी बाँचेका थिए प्रधानमन्त्री ओली

केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएको फागुन ३ गते एक वर्ष पूरा भएको छ । साढे चार दशकअघि फागुन २१ गते झापा आन्दोलनका पाँच जना योद्धालाई तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । नेपाली इतिहासमा सुखानी काण्डका नामले अंकित त्यही घटनाको जगमा प्रधानमन्त्री ओलीको सत्तारोहण यात्रा तय भएको हो ।   सुखानी काण्ड भएको बेला ओली झापाको सचिवबाट केही दिनअघि मात्रै निवर्तमान भएर सीपी मैनाली सचिव भएका थिए । झापा कमिटीका पहिलो सचिव आरके मैनालीले ‘नलेखिएको इतिहास’ पुस्तकमा उल्लेख गरेअनुसार सुखानी घटनामा पर्नबाट ओली संयोगले जोगिएका थिए ।…

पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, के हुँदैछ निर्णय ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । नेकपाका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएपछि प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे १० बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हुन् । उक्त बैठकले अधिकारीको निधनपछि उनलाई दिइने श्रद्धाञ्जलि लगायतका विषयमा आवश्यक निर्णय लिइने सम्भावना छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार नेतृत्वकर्ता दल नेकपाको सचिवालय बैठक बसिरहेको छ ।

पुरा पढ्नुहोस

राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आज टुँडिखेल आई हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छिन्। सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गरेका थिए। मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि उनीहरुको शव आज बिहान टुँडिखेलमा राखिएकोे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। त्यसैगरि नेकपाका अध्यक्ष प्रचण्डले पनि श्रद्धाञ्जली दिएका छन्। प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका…

पुरा पढ्नुहोस

स्व अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि

काठमाडौँ, – राष्ट्रपति विद्यादेवी भण्डारी आज टुँडिखेल आउनु भई हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो । सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि उहाँहरुको शव आज बिहान टुँडिखेलमा राखिएकोे छ ।

पुरा पढ्नुहोस

राष्ट्रिय सभाको बैठक जारी, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक अहिले बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय भवनमा राष्ट्रिय सभाको बैठक बसिरहेको छ । जारी बैठकको कार्यसूची सार्वजनिक भइसकेको छ । संसद सचिवालयले जारी गरेको कार्यसूचीअनुसार दुईवटा विधेयक छलफलका लागि प्रस्ताव गरिनेछ । साथै सभाका सदस्यहरुले समसामयिक विषयमा सरकार र सभाको ध्यानाकर्षण गराउने छन् ।

पुरा पढ्नुहोस

सर्वहारा पार्टी नेकपाको चियापान मेनु ‘निम्कीटुक्रादेखि कचौरीसम्म’ [तस्विरहरु]

कार्तिक १०, काठमाडौं । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चियापान कार्यक्रम सुरु भएको छ। दसैं, तिहार, नेपाल सम्वत, छठलगातका चाडबाडको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रम राजधानीको भृकुटीमण्डप बगैँचामा सुरु भएको हो। शनिबार दिउसो १ बजेबाट सुरु भएको चियापानमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारण सहभागी भइरहेका छन्। कार्यक्रममा राज्यका संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदारहरूलाई निम्तो गरिएको नेकपाले जनाएको छ। ५० हजारजनालाई निम्ता गरिएको भनिएको चियापान समारोहमा निकै भिडभाड छ।   चियापान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने छ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली…

पुरा पढ्नुहोस

नेकपाको चियापानमा भांडभैलो: बहिस्कार पर्चा छर्ने असन्तुष्ट कार्यकर्ता कुटिए

कार्तिक १०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चियापान स्थलमा ‘चियापान बहिस्कार गरौं’ भन्दै पर्चा छर्ने एक ब्यक्ति कुटिएका छन्। कार्यक्रम स्थलमा ‘कथित चियापान बहिस्कार गरौं’ भन्ने पर्चा छरेर होहल्ला गर्ने ति ब्यक्तिलाई नेकपाका कार्यकर्ताले कुटेर बाहिर निकालेका हुन्। उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) असन्तुष्ट समूह केन्द्रीय प्रचारप्रसार समितिद्धारा जारी गरिएको पर्चा कार्यक्रमस्थलमा छरेका थिए। चियापान बहिष्कार गर्न अपिल गर्दै जारी पर्चामा ५ बुँदे माग पनि राखिएको छ। एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५०/५० को समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता…

पुरा पढ्नुहोस