सालेहले यसरी जिताए लिभरपुललाई

च्याम्पियन्स लिग अन्तरगत बुधबार राति भएको खेलमा लिभरपुलले साल्जवर्गलाई पराजित गरेको छ। उसका लागि साल्जबर्गमाथिको ४-३ को जित सहज भने भएन। एक समय ३-० को स्पष्ट अग्रता कायम गरेको अवस्थामा खेल ३-३ को बराबरीमा पुगेपछि लिभरपुलका लागि यो जित संघर्षपूर्ण बन्न पुगेको थियो। यसमा जितको नायक मोहम्मद सालेह बने। उनले टोली ३-३ को बराबरीमा रहेको अवस्थामा खेलको ६९ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए र महत्वपूर्ण ३ अंक जोडे। यस खेलमा उनले दुई गोल गरे। खेल संघर्षपूर्ण अवस्थामा पुग्नुअघि लिभरपुलले खेलको ९ औं मिनेटमा साडियो मानेको गोलमा पहिलो अग्रता…

पुरा पढ्नुहोस

विश्व वरीयतामा सुधार गर्दै पारस खडका ३८ औँ स्थानमा, अरु कति नम्बरमा परे ?

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा सुधार गरेका छन् । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–२० को नयाँ वरीयताको अलराउण्डरतर्फ कप्तान पारस खड्काले दुई स्थान सुधार गरेका छन् । अघिल्लो महिना ४०औं स्थानमा रहेका कप्तान पारस यसपटक ३८औं स्थानमा उक्लन सफल भएका छन् । कप्तान पारसले भारतका रोहित शर्मा, इंग्ल्यान्डका जोइ रुट, मोइन अली, बेन स्टोक्स जस्ता खेलाडीलाई पछि पारेका छन् । ब्याटिङतर्फ पारस ९२औं स्थानमा छन् । त्यस्तै अलराउण्डरतर्फ सोमपाल कामी ५० औं स्थानमा रहेका छन् । उनी यसअघि ५१ औं…

पुरा पढ्नुहोस

काम गर्न नसके जनताले कम्युनिस्ट पार्टीको विकल्प खोज्छन् : प्रचण्ड

८, असोज, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले परिणाम देखिने काम नगरे सिद्धिने खतरा रहेको टिप्पणी गरेका छन् । स्थानीय तहदेखि केन्द्रसम्म नै धेरै जनताको सर्मथनप्राप्त सरकार रहेको बेलामा पनि काम गर्न नसकिए सकिने खतरा हुने टिप्पणी गरे । जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको छ, तलदेखि माथिसम्म नै हाम्रो सरकार छ, यतिबेला गर्न नसके दोष कसलाई दिने ?’ जनताले दिएको विश्वास अनुसार सबैै सरकारहरुले जिम्मेवारीपूर्वक काम…

पुरा पढ्नुहोस

पहिरोमा पुरिएका तीन बालबालिकाको शव १५ घन्टाकेा पछि निकालियो हेर्न नसकिने फेाटेा सहित

निमराज बुढाथेाकि सल्यानको बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा पहिरोले पुरेका तीन बालबालकिाको शव फेला परेको छ ।  आइतबार साँझ पहिरोले पुरेका बलराम डाँगीकी छोरी ८ वर्षीया ललिता, ६ वर्षीय छोरा ललित र ४ वर्षीया छोरी मेनकाको शव निकालिएको घटनास्थलमा खटिएका प्रहरी नायव निरीक्षक रतन शर्माले जानकारी दिएका छन्। घटना आइतबार साँझ ६ बजे घटेको भए पनि दुर्गम क्षेत्र भएकाले रातको १२ बजे मात्रै प्रहरी घटनास्थल पुगेको थियो । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले राति नै उद्धार गर्न नसकिएकाले सोमबार बिहान पानी रोकिएपछि मात्रै खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।…

पुरा पढ्नुहोस

अबको केहिबेरमा सुरु हुन्छ आज स्पेन र रसियाको भिडन्त, आयोजकलाई आफ्नै मैदानमा घुँडा टेकाउने स्पेनको यस्तो रणनीति

विश्वकप फुटवलमा आज पनि नकआउट चरणका दुई खेल हुँदैछन् । आजको खेलमा नेपाली समय अनुसार राती पौने आठ बजे रसिया र स्पेनबीच खेल हुन लागेको हो । रसिया समूह ‘ए’ को उपविजेता र स्पेन समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएका हुन् । समूह विजेताको रुपमा अघिल्लो चरणमा पुगे पनि स्पेनिस टिम लयमा भने देखिन सकेको छैन । समूह चरणका तीन खेलमा पाँच गोल खाएको स्पेनको विशेष गरी डिफेन्स लाइन र गोलकिपरको कमजोरीका कारण आफुलाई खरो रुपमा प्रस्तुत गर्न पाएको छैन । पहिलो खेलमा पोर्चुगलसँग बराबरी खेलेको…

पुरा पढ्नुहोस

नाइजेरियाविरुद्धको खेलमा आज मेस्सी फरक रुपमा प्रस्तुत हुने !

काठमाडौं । रुसमा जारी फिफा विश्वकपमा चारपटक विश्व विजेता अर्जेन्टिना आफ्नो साख जोगाउन उद्दत हुनेछ । अर्जेन्टिनाको अहिलेको अवस्थाबाट लियोन मेस्सी दिक्दार बनेकोे स्वीकार गर्दै जाभियर मास्केरानोले आजको खेलमा भने टोली पुरै उच्च मनोबलका साथ उत्रने बताएका छन् । पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिना अर्को खेलमा क्रोएसियासँग ३–० ले पराजित भएपछि अघिल्लो चरणको यात्रा कठिन बनेको छ । आज उसले नाइजेरियासँग खेल्दैछ । आइसल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न बाट चुकेपछि मेस्सीमाथि दुवै खेलमा अत्यन्तै दबाब थियो । अब मंगलबार नाइजेरियाविरुद्ध हुने खेल जित्न सकेको खण्डमा मात्र नकआउट चरणमा…

पुरा पढ्नुहोस

जारी विश्वकपमा आयोजक रुस र उरुग्वे मैदानमा, कसले खोल्ला गोलको खाता ?

अहिले केहिबेरमा जारी विश्वकपमा आयोजक रुस र उरुग्वे खेलीरहेका छन् । आज यिनीहरुको खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । आयोजक रुस र उरुग्वे विश्वकपको समूह ए बाट यसअघिनै नकआउट चरणमा प्रवेश गरिसकेका छन् । समूहको यसअघिका दुवै खेलमा जित हासिल गरेको दुवै टोली समूह विजेताको छिनोफानोका लागि खेल्न लागेका हुन् । खेल अहिले रुसको एरिनामा सुरु भएको छ । उरुग्वे समूहका दुई खेलमा जित हासिल गर्नुका बाबजुद फितलो प्रर्दशन गर्ने टिम बन्न पुगेको छ । उसले इजिप्ट र साउदी अरेबिया दुवै विरुद्धको खेलमा समान १–० को जित हासिल गरेको थियो…

पुरा पढ्नुहोस

विश्वकपमा भीएआर प्रविधि

– पवन आचार्य भीएआर अवलोकनका क्रममा रेफ्री फुटबल प्रतियोगितामा प्रविधिको प्रयोग जरुरी छ या छैन ? यस्तो विवाद चलेको लामै समय बितिसक्यो । प्रविधिको सहायताले व्यवस्थित पार्न खोज्दा फुटबलको प्रतिस्पर्धात्मक रोमाञ्चकता मर्ने र खेलमा मानवीय पक्ष कम र प्रविधि ज्यादा हावी हुने खतरा पनि उत्तिकै छ । तर, विवादास्पद निर्णयको अनुगमन गरेर तटस्थ निर्णयमा पुग्न प्रविधिको साथ लिन कन्जुस्याइँ गर्नुहुन्न भन्ने तर्क पनि कमजोर छैन । त्यसैले हरेक संस्करणका विश्वकप फुटबलमा नयाँ–नयाँ प्रविधिको प्रयोग हुँदै आएको छ । विश्व फुटबलको २१औँ संस्करणको महाकुम्भमा पनि त्यस्तै नौलो प्रविधि प्रयोग हुने भएको छ– भिडियो…

पुरा पढ्नुहोस

विश्वकपको लागि रुस पुग्ने पहिलो टोलि इरान

फिफा विश्वकप फुटबलमा सहभागी हुन इरानी टिम रुस पुगेको छ । इरान  विश्वकपमा सहभागी टिममा सबैभन्दा पहिला रुस पुगेको हो । इरानी टिमलाई भुनुको एयरपोर्टमा भव्य स्वागत गरिएको छ ।  समूह ‘बी’ मा रहेको इरानले जुन १५ तारिखमा पहिलो खेल खेल्ने छ । इरानको समूहमा पूर्व विश्व विजेता स्पेन, युरोपियन च्याम्पियन पोर्चुगल र  मोरक्को रहेका छन् । रुस पुगेपछि इरानी फुटबल टिमका म्यानेजर कार्लोस कुइरोजले भने, ‘हामी लामो  प्रयास पछि विश्वकप खेल्दैछौँं । यहाँसम्म आइपुग्न धेरै महेनत गरेकाले विश्कपको हकदार हामी पनि छौँ ।’  म्यानेजर कार्लोसले भने ‘हामी विश्वका अरु  सर्वश्रेष्ठ…

पुरा पढ्नुहोस

विश्वकपमा सहभागी हुने कुन देशको जर्सी कस्तो?

विश्वकप फुटबल २०१८ को रौनक विश्वभर छाइसकेको छ । रुसमा हुने विश्वकप आउन ८ दिन मात्रै बाँकी छ । विश्वकपमा सहभागी हुने ३२ वटै टोलीले खेलाडीको अन्तिम सूची पनि सार्वजनिक गरिसकेका छन् । प्रशंसकहरु आफूलाई मन पर्ने देशको जर्सी लगाएर होस् वा फेसबुकमा प्रोपाइल पिक्चर परिवर्तन गरेर होस् आफ्नो टिमको समर्थनमा जुटिसकेका छन् । जेठ ३१ बाट सुरु हुने फुटबलको महाकुम्भ साउन १ गते सकिनेछ । रुसका विभिन्न ११ शहरमा विश्वकपका खेलहरु हुनेछन् । फाइनल भने मस्कोमा हुनेछ । हामीले विश्वकपमा सहभागी देशका जर्सीहरुलाई एकै ठाउँमा प्रस्तुत गरेका छौँ ।

पुरा पढ्नुहोस