नेकपा चितवनको माग : ‘अपराधीलाई कठघरामा उभ्याइयोस्’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालमाथि समाजिक सञ्जालमा गरिएको दुर्व्यवहारको निन्दा गर्दै अपराधीहरुलाई कानूनी कठघरामा उभ्याउन माग गरेको छ।

नेकपाका चितवन जिल्ला संयोजक यमबहादुर परियार ‘इन्द्रजीत’ र सचिव कृष्णभक्त पोखरेलले एक विज्ञप्ति जारी गर्दै अपराधीहरुमाथि कार्वाहीको माग गरेका हुन्। मेयर दाहालको तस्वीर बिगार्ने, अपशब्द प्रयोग गर्ने छद्मभेषी व्यक्तिहरुको अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउन नेकपाले माग गरेको हो।

भ्रष्टाचारविरुद्ध अभियान भन्दै ज्ञानेन्द्र शाहीको कार्यक्रम स्थानीयले बिथोलेपछि शाहीका समर्थकहरुले दाहालमाथि सामाजिक सञ्जालमा साइबर अपराध गरिरहेका छन्। नेकपाले इस्ता गतिविधिहरु आफूहरुलाई मान्य नहुने चेतावनीसमेत दिएको छ।

यस्तो छ नेकपा चितवनको विज्ञप्ति

Statement

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार