पहिरोमा पुरिएका तीन बालबालिकाको शव १५ घन्टाकेा पछि निकालियो हेर्न नसकिने फेाटेा सहित

निमराज बुढाथेाकि

सल्यानको बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा पहिरोले पुरेका तीन बालबालकिाको शव फेला परेको छ ।  आइतबार साँझ पहिरोले पुरेका बलराम डाँगीकी छोरी ८ वर्षीया ललिता, ६ वर्षीय छोरा ललित र ४ वर्षीया छोरी मेनकाको शव निकालिएको घटनास्थलमा खटिएका प्रहरी नायव निरीक्षक रतन शर्माले जानकारी दिएका छन्।

घटना आइतबार साँझ ६ बजे घटेको भए पनि दुर्गम क्षेत्र भएकाले रातको १२ बजे मात्रै प्रहरी घटनास्थल पुगेको थियो । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले राति नै उद्धार गर्न नसकिएकाले सोमबार बिहान पानी रोकिएपछि मात्रै खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साँझ ३ बालबालिका आगो तापेर घरभित्र  बसिरहेका बेला घरमाथिबाट आएको माटोको ढिस्काले बनीहरु बसेको कोठा पुरेको थियो ।  घरका अन्य सदस्य घर बाहिरै भएकाले जोगिएका थिए । Image may contain: one or more peopleImage may contain: one or more people, shoes and outdoorImage may contain: one or more people, plant, outdoor and nature

Photo Dipak Oli

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार