विश्व वरीयतामा सुधार गर्दै पारस खडका ३८ औँ स्थानमा, अरु कति नम्बरमा परे ?

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा सुधार गरेका छन् । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–२० को नयाँ वरीयताको अलराउण्डरतर्फ कप्तान पारस खड्काले दुई स्थान सुधार गरेका छन् । अघिल्लो महिना ४०औं स्थानमा रहेका कप्तान पारस यसपटक ३८औं स्थानमा उक्लन सफल भएका छन् ।

कप्तान पारसले भारतका रोहित शर्मा, इंग्ल्यान्डका जोइ रुट, मोइन अली, बेन स्टोक्स जस्ता खेलाडीलाई पछि पारेका छन् । ब्याटिङतर्फ पारस ९२औं स्थानमा छन् । त्यस्तै अलराउण्डरतर्फ सोमपाल कामी ५० औं स्थानमा रहेका छन् । उनी यसअघि ५१ औं स्थानमा थिए । त्यस्तै बलिङमा सोमपाल ७० र बसन्त रेग्मी ७१ औं स्थानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार